नेपाल दूरसञ्चार प्राधिकरणले पूर्वका पाँच जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट कनेक्सन गरिदिने भएको छ। प्राधिकरणले ४६ करोड रुपैयाँ खर्च गरेर उक्त काम गर्ने भएको हो।
प्रदेश नम्बर १ का इलाम, झापा, मोरङ, सुनसरी र उदयपुरमा इन्टरनेट पहुँच विस्तार गर्नका लागि प्राधिकरणले ४६ करोड ९९ लाख ८१ हजार रुपैयाँको ठेक्का सम्झौता गर्ने भएको हो।
यसका लागि प्राधिकरणले टेकमाइन्डस नेटवर्क कम्पनीको प्रस्ताव सबैभन्दा न्यून कबोल गरिएकाले स्वीकृत गरिएको जानकारी दिएको छ।
ठेकेदार कम्पनीले यसका तोकिएका जिल्लामा इन्टरनेटको पूर्वाधार जडान गर्ने छ। प्रत्येक स्थानीय तहमा इन्टरनेट जडान हुने छ।