सामसङले प्रिमियम क्यामेरा फिचर भएको मिडरेन्जको स्मार्टफोन बजारमा ल्याएको छ। नेपाली बजारमासमेत उपलब्ध सामसङ ग्यालेक्सी ए५०एस मा यो प्रिमियम स्मार्टफोनमा हुने क्यामेरा फिचर्स भएको कम्पनीले दाबी गरेको छ।
भिडियो र फोटोका लागि नाइट मोड, सुपर स्टेडी भिडियो तथा गेम बुस्टर प्रविधिले युवा पुस्ताको रोजाइनमा पर्ने कम्पनीको विश्वास छ।
ज्यामितीय एवं फ्युचरिस्टिक होलोग्राम इफेक्ट भएको यो स्मार्टफोन प्रिजम क्रश व्ल्याक तथा प्रिजम क्रश ह्वाइटमा उपलब्ध छ ।
४००० एमएएच को सुपर ड्युरेवल व्याट्री रहेका फोनमा १५ वाटको फास्ट चार्जिङ्ग तथा एआई वेस्ड गेम बुस्टर रहेको छ ।
४८ मेगापिक्सलको मुख्य क्यामेरा भएको यो फोनमा ८ मेगापिक्सेलको अल्ट्रावाइड र ५ मेगापिक्सेलको लाइभ फोकस लेन्स पनि रहेका छन्।
६ जिबी र्याम र १२८ जिबी मेमोरी भएको यो फोनमा ६.४ इन्चको डिस्प्ले छ। नेपाली बजारमा यसको मूल्य ४२ हजार १९० रुपैयाँ छ।