चिनियाँ मोबाइल ब्राण्ड ओपोले नेपाली बजारमा राम्रो स्थान हाँसिल गरेको छ। यसले आफ्ना ग्राहकको चाहना अनुरूपको स्मार्टफोन बजारमा ल्याएको छ। बजारमा १७ हजारदेखि ९० हजारसम्मका ओपोका फोन ग्राहकले किन्न पाउँने कम्पनीले बताएको छ।
ती मध्ये यहाँ २० देखि ४० हजारसम्मका स्मार्टफोनको बारेमाा चर्चा गरिएको छ। ती क्रमशः ए७, ए५ २०२०, ए९ २०२० र एफ११ हुन्।
कम्पनीका अनुसार यी फोनमा नयाँ प्रविधि जडान गरिएको छ।
हेरौं यी फोनमा रहेका फिचर्स
ए७
यस फोनमा वाटर ड्रप स्क्रिन प्रयोग गरिएको छ। १.८ गिगाहर्जको अक्टाकोर प्रोसेसर रहेको छ। अनुहारको माध्यमबाट फोन अनलक गर्न सकिने छ। सिम राख्नका लागि दुईवटा स्लट जडान गरिएको छ।
डिस्प्लेः ६.२ इञ्च फुल एचडी
फ्रन्ट क्यामराः १६ मेगापिक्सल
ब्याक क्यामराः १३ प्लस २ मेगापिक्सल
स्टोरेजः ६४ जिबी र ३/४ जिबी
ब्याट्रीः ४ हजार २ सय ३० एमएएच
मूल्यः २४ हजार ९ सय ९०
ए५ २०२०
यस फोनमा वाटर ड्रप स्क्रिन प्रयोग गरिएको छ। २.० गिगाहर्जको अक्टाकोर र ६६५ को स्न्यापड्रयागन प्रोसेसर रहेको छ। अनुहारको माध्यमबाट फोन अनलक गर्न सकिने छ। सिम राख्नका लागि दुईवटा स्लट जडान गरिएको छ।
डिस्प्लेः ६.५ इञ्च फुल एचडी
फ्रन्ट क्यामराः ८ मेगापिक्सेल
रियर क्यामराः १२ प्लस ८ प्लस २ प्लस २ मेगापिक्सेल
स्टोरेजः १२८ / ४ जिबी
ब्याट्रीः ५ हजार एमएएच
मूल्यः २७ हजार ९ सय ९०
ए९ २०२०
यस फोनमा वाटर ड्रप स्क्रिन प्रयोग गरिएको छ। २.० गिगाहर्जको अक्टाकोर र ६६५ को स्न्यापड्रयागन प्रोसेसर रहेको छ। अनुहारको माध्यमबाट फोन अनलक गर्न सकिने छ। सिम राख्नका लागि दुईवटा स्लट जडान गरिएको छ।
डिस्प्लेः ६.५ इञ्च फुल एचडी
फ्रन्ट क्यामराः १६ मेगापिक्सेल
रियर क्यामराः १२ प्लस ८ प्लस २ प्लस २ मेगापिक्सेल
स्टोरेजः १२८/८ जिबी
ब्याट्रीः ५ हजार एमएएच
मूल्यः ३५ हजार ९ सय ९०
एफ११
यस फोनमा वाटर ड्रप स्क्रिन प्रयोग गरिएको छ। २.१ गिगाहर्जको अक्टाकोर प्रोसेसर रहेको छ। अनुहारको माध्यमबाट फोन अनलक गर्न सकिने छ। सिम राख्नका लागि दुईवटा स्लट जडान गरिएको छ।
डिस्प्लेः ६.५ इञ्च फुल एचडी
फ्रन्ट क्यामराः १६ मेगापिक्सेल
रियर क्यामराः ४८ प्लस ५ मेगापिक्सेल
स्टोरेजः १२८/४ जिबी
मूल्यः ३१ हजार ९ सय ९०
ब्याट्रीः ४ हजार २० एमएएच