चिनियाँ स्मार्टफोन निर्माता ओपोले नेपाली बजारमा रेनो सिरिजको नयाँ फोन नेपाली बजारमा ल्याएको छ। कम्पनीले आज काठमाडौंमा यो फोन सार्वजनिक गरेको हो।
ओपोले रेनोटुएफ स्मार्ट फोन नेपाली बजारमा सार्वजनिक गर्दै यसका बारेमा जानकारी गराएको हो।
मिड रेन्जको यो फोनमा ब्याट्री र क्यामेरा केन्द्रित भएको कम्पनीले जानकारी दिएको छ। अहिलेका उपलब्ध सबै आधुनिक प्रविधि समाबेश गरिएको कम्पनीले प्रष्ट पारेको छ।
चारओटा क्यामेरा (क्वाड) भएको यो स्मार्टफोनमा ४८ मेगापिक्सेलको अल्ट्रा क्लियर मुख्य लेन्स रहेको छ। त्युस्तै ८ मेगापिक्सेलको वाइड लेन्स, मोनो लेन्स र २ मेगापिक्सेलको पोट्रेट लेन्स रहेका छन्।
एफ१.७९ एपर्चर र १/२.२५ ईञ्च सेन्सर भएको स्मार्टफोनका लेन्स केवल मापणमा मात्र नभएर वास्तविकरुपमा बढी रेजुलेशनका तस्बिर कैद गर्न सफल हुने कम्पनीको दाबी छ।
अल्ट्रा नाइट मोड २ को फिचर्स भएको फोनबाट रातिको समयमा फोटो र भिडियो राम्रोसँग खिच्न सकिने कम्पनीले जनाएको छ।
यो फोनमा सेल्फीका लागि पपअप क्यामेरा रहेको छ। क्यामेरामा रहेको सेल्फी मोड थिच्नेबित्तिकै क्यामेरा बाहिर आउने छ। ६.५ इन्चको पानारोमिक एमलोडेड डिस्प्ले भएको फोनको कूल भागको ९१ प्रतिशत डिस्प्ले रहेको छ।
२३४०*१०८० को रेजुलेशन भएको फोनमा पाँचौ जेनेरेशनको कोर्निङ गोरिल्ला ग्लास रहेको छ।
यो फोनमा रहेको अर्को मुख्य फिचर्स ब्याट्री हो। ४ हजार एमएएच (टीवाईपी) ब्याट्री जडान गरिएको फोनमा छिटो चार्ज हुने कम्पनीले जानकारी दिएको छ। भीएफसी फास्ट चार्जिङ अल्गोरिथमले प्रत्यक्षरुपमा ट्रिक्लिङ चार्जिङको गति बढाएर मात्र ३० मिनेटको समयमा ५१% चार्ज गर्ने क्षमता राख्ने कम्पनीले बताएको छ।
स्मार्ट एआई रेफ्रिजिरेटर भएकाले गेम खेल्दै वा चलाउँदै चार्ज गर्दा पनि कुनै असर नपर्ने कम्पनीले प्रष्ट पारेको छ। स्वचालित सिस्टमले गर्दा तातिकएको बेला आफै कुलिङ हुने छ।
त्यसैगरी, प्रयोगकर्तालाई उत्कृष्टताको अनुभव प्रदान गर्न स्मार्टफोनमा ८जीबी ¥याम र दरिलो सुरक्षार्थ यसमा हिडन फिंगरप्रिण्ट अनलक प्रणालीको ब्यवस्थापनि गरिएको छ ।
एमटिके हेलियो पि७० को सिपियु भएको फोनमा ८ जिबी र्याम छ। यसमा १२८ जिबी मेमोरी रहेको छ। फोनका अन्य विशेषतामा लिंक बुस्ट, गेम बुस्ट २.०, कलर्सओएस ६.१ र ओपो सेयर रहेका छन्।
यो फोनको नेपाली बजारमा ४६ हजार ९९० रुपैयाँ पर्छ।