अमेरिकी कालोसूचीका बाबजुद चिनियाँ टेलिकम्युनिकेशन जायन्ट हुवावेको आम्दानी निरन्तर बढीरहेको छ। अघिल्लो वर्षको तुलनामा सन् २०१९ को तेस्रो त्राइमासमा कम्पनीको आय २४ प्रतिशतले बढेको छ।
कम्पनीले यो अवधिमा ६ खर्ब १० अर्ब चिनियाँ युआन आम्दानी गरेको छ। कम्पनीले यो अवधिमा खुद नाफा पनि ८ प्रतिशतले बढाएको छ।
दूरसञ्चार उपकरण तथा प्रविधिजन्य अन्य उपकरणमा व्यापार विस्तार भएको कम्पनीले जानकारी दिएको छ।
त्यस्तै स्मार्टफोनको व्यापार पनि व्यापक बृद्धि भएको कम्पनीले दाबी गरेको छ। अघिल्लो वर्षको तुलनामा स्मार्टफोन बिक्री २६ प्रतिशतले बढेको कम्पनीले बताएको छ।