भारत भ्रमणमा रहेको नेपाल चेम्बर टोलीका प्रमुख र ट्रेड प्रमोशन काउन्सिल अफ इण्डिया (टिपिसीआई)बीच द्धिपक्षीय व्यापारीक सम्बन्ध अभिवृद्धिका बारेमा छलफल भएको छ।
चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले टिपिसिआइका पदाधिकारीहरुसँग भेट गरी द्धिपक्षीय व्यापारीक संम्बन्ध अभिवृद्धिका बारेमा छलफल गरेका हुन्।
नेपाल भारतको सम्बन्ध मालवस्तुको आयातमा मात्रै भर नपरी भारतबाट नविन प्रविधी, मेशिनरी आयातमा जोड दिनु पर्ने, द्धिपक्षिय व्यवसायिक प्रतिनिधि मण्डलको भ्रमण समय समयमा हुनुपने, (टिपिसिआइसंग पर्यटन, कृषि,जडिबुटीको उत्पादनदेखि निकासी प्रवद्धन गर्नमा सहकार्य गर्न तत्पर रहेको अध्यक्ष श्रेष्ठले बताए ।
अध्यक्ष श्रेष्ठले भारतको कूल जनसंख्याको ०.०१ प्रतिशत मात्र पर्यटकका रुपमा नेपाल भ्रमणमा आएमा नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य हासिल गर्न सघाउ पुग्ने बताए ।
साथै उनले चेम्बरले २०२० फेब्रुअरीमा आयोजना गर्ने नेपाल चेम्बर एक्स्पो २०२० मा टिपिसिआईको सहभागिताको लागी अनुरोध समेत गरे।
सो अवसरमा (टिपिसिआई)का अध्यक्ष मोहित सिङलाले नेपाल पहाडी मुलुकभएको र दुई मुलुबीच आपसी हितका सम्भाव्य परियोजना लागु गर्न र वातावरण संरक्षणमा जोड दिन सकेमा व्यापार लगानीका अतिरितm पर्यटन प्रवद्धनमा समेत टेवा पुग्ने हुँदा आफ्नो संस्थाले व्यापार र लगानी बढाउन सहजकर्ताको भूमिका खेल्ने बताए ।
ट्रेड प्रमोशन काउन्सिल अफ इण्डिया(टिपिसिआई)का तर्फबाट परिषद्का अध्यक्ष मोहित सि∙ला, सह महानिर्देशक कपिल गुप्ता, सह महानिर्देशक सुरेस कुमार मखिजानी र निर्देशक अशोक सेठीको उपस्थित रहेको थियो ।
साथै नेपाल चेम्बर अफ कमर्शबाट उर्मिला श्रेष्ठ,अध्यक्ष नेपाल महिला चेम्बर, गोरखा चेम्बर अफ कमर्शका अध्यक्ष अशोक श्रेष्ठ, अर्घाखाची चेम्बरका सदस्य टंक प्रसाद पोखरेल, कर्पोरेट सदस्य पंकज जोशी र नेपाल चेम्बरका अधिकृत श्रृष्टि त्रिपाठीको उपस्थिती रहेको थियो ।
टोलीका सदस्य उर्मिला श्रेष्ठले जानकारी गराएकी छिन् ।