ओपो रेनोटू एफको नेपालमा बिक्री आरम्भ भएको छ।
ओपोले गत सोमबार आफ्नो आधिकारीक शोरुममा आयोजित फस्र्टसेल कार्यक्रममार्फत ओपो रेनोटू एफको बिक्री आरम्भ गरेको हो।
कार्यक्रममा नायिका तथा ओपो नेपालकी ब्रान्ड फ्रेन्ड स्वस्तिमा खड्काको उपस्थिती रहेको थियो।
ओपो रेनोटू एफमा कम्पनीले क्वाड (चारओटा) क्यामेरा सेटअपको ब्यवस्था गरेको छ ।
फोनमा उपलब्ध चार क्यामेरामा ४८ एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८ एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २ एमपी पोट्रेट लेन्स रहेका छन् ।
अहिले फोनमा उपलब्ध गरिएको ४८एमपी क्षमताको प्रमुख लेन्स तुलनामा ठूलो मात्र नभइ अझ बढी रेजोल्यूशन दिने क्षमता राख्छ ।
यसमा रहेका एफ१.७९ एपर्चर र १/२.२५ ईञ्च सेन्सरको सहायताबाट यस्तो हुन सम्भव भएको बताइएको छ।
रेनोटू एफमा कम्पनीले ४ हजार एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडान गरेको छ ।
त्यसैगरी यसमा ६.५ईञ्चको मल्टि–टच, ३९४ पीपीआईमा २३४०८१०८० पिक्सेल क्यापेसिटिभ स्क्रिनको ब्यवस्था गरिएको छ।
स्क्रिनको सुरक्षार्थ फोनमा बलियो र सम्भावित जोखिम न्यूनिकरणका लागि पाँचौ पुस्ताको कोर्निङ गोरिल्ला ग्लासको प्रयोग गरिएको छ।