सगुनको स्मार्ट कोइन्स सार्बजनिक भएको छ।
सगुनले मंगलबार आफ्ना प्रयोगकर्ताले सामान खरिद गर्न, उपहार दिन र कमाउन सकिने उद्देश्यले उत्पादन सोसियल स्मार्ट कार्ड डिजिटल वालेट सार्बजनिक गरेको हो।
सगुनका प्रयोगकर्ताहरुले १० हजार स्मार्ट क्वाइन भन्दा धेरै कमाइसकेका छन् ।
प्रत्येक दिन २०० प्रतिशतले विस्तारित भइरहेका सगुनले बताएको छ।
सोसियल स्मार्ट कार्डले प्रयोगकर्ताहरुलाई एक अर्कासँगको सम्बन्ध सुधार गर्न अहम भूमिका निर्वाह गर्ने सगुनले विश्वास लिएको छ।