ओपोले नेपालमा भर्खरै रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ। रेनोटू एफ, ओपोको लोकप्रिय रेनो सिरिज अन्तर्गत भित्र्याइएको नयाँ संस्करण हो। प्रयोगकर्ताको रचनात्मकतालाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ कम्पनीले यसमा फोटोग्राफीमा सुधार ल्याउने प्रशस्त फिचर्स उपलब्ध गराएको छ। यसमा रहेका अन्य फिर्चसको बारेमा यहाँ चर्चा गरिएको छ।
डिस्प्लेः
फोनलाई सम्भावित क्षतिबाट जोगाउने सोचका साथमा यसमा ६.५ इञ्चको एमोलेइड पानोरामिक डिस्प्ले जडान गरिएको छ। स्क्रिनमा पाचौँ पुस्ताको कोर्निङ गोरिल्लाग्लासको प्रयोग गरिएको छ ।
रेनोटू एफमा आँखालाई स्क्रिनले फाल्ने हानिकारक नीलो प्रकाशबाट जोगाउन फ्लिकर फ्रिमोड र नाइट शिल्ड मोड जडान गरिएको छ।
क्यामेराः
यसमा कम्पनीले क्वाड (चारओटा) क्यामेरा सेटअपको ब्यवस्था गरेको छ। फोनमा उपलब्ध चार क्यामेरामा ४८एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २ एमपीपोट्रेट लेन्स रहेका छन्।
पप् अप् क्यामेराः
रेनोटू एफमा कम्पनीले पप्अप् क्यामेरालाई ह्याण्ड सेटको मध्य भागमा जडान गरेको छ । यसले गर्दा फोनबाट खिचिने सेल्फी प्राकृतिक देखिन्छ।
स्टोरेजः
रेनोटू एफमा एमटीके हेलियो पी७० सीपीयूका साथमा ८जीबी ¥याम र १ सय २८जीबी रोम जडान गरिएको छ।
ब्याट्रीः
कम्पनीले फोनमा ४ हजार एमएएच (टीवाईपी) ब्याट्री जडान गरेको छ। यो ब्याट्रीलाई मोबाइल गेम खेल्दै गर्दाको बखतमा समेत मज्जाले चार्ज गर्न सकिन्छ।
कम्पनीले फोनमा भोक फ्ल्याश चार्ज ३.० प्रविधिउपलब्ध गराएको छ। भीएफसी फास्ट चार्जिङ अल्गोरिथमले प्रत्यक्षरुपमा ट्रिक्लिङ चार्जिङको गति बढाएर मात्र ३० मिनेटको समयमा ५१ प्रतिशत चार्ज गर्ने क्षमता राख्छ।
पाइने स्थान र मूल्यः
ग्राहकले रेनोटू एफलाई “लेक ग्रिन” र “स्काइ ह्वाइट” गरी दूई आकर्षक रंगमा सार्वजनिक गरेको छ।
कम्पनीले यसको बजार मूल्य ४६ हजार ९ सय ९० तोकेको छ।
रेनोटू एफ अक्टोबर १८देखि नेपालभर रहेका प्रमुख बिक्री केन्द्रमा उपलब्ध हुने छ।