तिहार र छठ पर्वको अवसार पारी एनसेलले फोरजीमा डाटा बोनस योजना ल्याएको छ । यस अन्र्तगत ग्राहकले चार गुणा बढि डेटाको फाईदा लिनसक्ने भएका छन्।
यो अफर बिहीबारबाट लागु भई १५ दिन सम्मका लागि संचालनमा रहने बताइएको छ।
यस अफरअन्तर्गत एकदिन समयावधि भएको ७५ एमबी डाटा र सात दिनको समयावधि भएको ५०० एमबीको डाटा प्याक खरिद गर्ने ग्राकहले चार गुणा बढी डाटा भोल्युमको फाईदा लिनसक्ने भएका छन्।
कर बाहेक १५ (कर सहित १९.१५रुपियाँ )रुपियाँ शुल्क रहेको ७५ एमबी प्याकको खरिदमा ग्राहकले २ सय २५ एमबी थप फोरजी डाटा पाउनेछन्।
यसको मतलब ग्राहकले कुल ३ सय एमबी डाटा पाउनेछन्।
त्यसैगरी, करबाहेक ७५ रुपियाँ शुल्कमा आउने ५ सय एमबीको खरिदमा थप १५सय एमबी फोरजी डेटा बोनसस्वरुप पाउनेछन्।
यो अफरअन्तर्गत पाईने बोनस डाटा भोल्युम ग्राहकले फोरजी चल्ने मोबाइल सेट र सिम प्रयोग गरी फोरजी नेटवर्क संचालनमा रहेका स्थानहरुमा चलाउन सक्नेछन्।
फोरजी सिम नभएका ग्राहकले आफुलाई नजिकै पर्ने एनसेल सेन्टरमा गई आफ्नो सिमलाई फोरजी सिम अर्थात युसिमसँग साट्न सक्नेछन्।
यसको लागि १ रुपैयाँ शुल्क लाग्छ । यस प्रक्रियामार्फत यो सिम लिने ग्राहकले सात दिनको समयसिमा रहेको एक जिबी डाटा पनि पाउनेछन्।
यो डाटा दिनको समयमा अर्थात बिहान ५ देखि साँझ ५ बजेको समयमा प्रयोग गर्नसक्ने एनसेलले बताएको छ।