एमआई सिरिज अन्तर्गतको ‘एमआई एथ्री’ स्मार्टफोन अहिले चर्चामा छ। यो फोनलाई शाओमी नेपालले नेपाली बजारमा ल्याएको हो।
कम्पनीले यस फोनमा सस्तो मूल्यमा गुणस्तरीय फिचर्स दिएको बताएको छ।
एमआई ‘ए’ सिरिजकोभन्दा यस स्मार्टफोनको डिजाइनमा केही परिवर्तन गरिएको कम्पनिको भनाइ छ।
एन्ड्रोइड वान–पावर्ड फोनको लाईनअपमा रिजोलुसन क्यामेरा सेटअप भएको यस स्मार्टफोनमा उत्कृष्ट डिजाइन गरिएको छ।
दुई भेरियन्टमा बजारमा आएको ‘एमआई एथ्री’ लाई ग्राहकले तीनओटा रङमा किन्न पाउनेछन्।एमोलोइड सुपर डिस्प्ले, उत्कृष्ट ब्याट्री क्षमता, ४८ मेगापिक्सेल एआई ट्रीपल क्यामेरा सेटअप र सेभेन्थ जेनेरेशन इन–स्क्रिन फिङगरप्रिन्ट स्क्यानर जस्ता विशेषताहरु एमआई एथ्रीमा रहेका छन्।
क्यामेरामा सोनीको ४८ एमपी आईएमएक्स ५८६ सेन्सर, ८ एमपी अल्ट्रा वाइड र २ एमपी डेप्थ् सेन्सर जडान गरिएको छ। साथै, क्यामेरामा ह्यान्डहेल्ड नाइट फ्रोटोग्राफी मोड राखिएको कम्पनीले बताएको छ।
एमआई एथ्रीको सुरूवाती मूल्य २३ हजार ९ सय ९९ रहेको छ।
सेप्टेम्बर १० मा नेपाली बजारमा आएको यस स्मार्टफोनको मुख्य विशेषता यस्तो रहेको छ।
डिस्प्लेः ६.०८ सुपर एमोलोइड डिस्प्ले
ब्याक क्यामेराः ४८/८/२ मेगापिक्सेल
फ्रन्ट क्यामेराः ३२ मेगापिक्सेलको एआई सेल्फी
प्रोसेसरः क्वालकम स्न्यापड्रेगन ६६५ चिपसेट,
स्टोरेजः ४/६४ जिबी
मूल्यः २३ हजार ९ सय ९९
स्टोरेजः ६/१२८ जिबी
मूल्यः २७ हजार ९ सय ९९
ब्याट्रीः ४ हजार एमएएच
ग्राहकले यो स्मार्टफोनलाई दराज, सस्तो डिल लगायतका अनलाइन सपिङ र एमआईका अफलाईन स्टोरमा किन्न पाउने कम्पनीले बताएको छ।