ओपो र एरिक्सनबीच संयुक्त फाइभजी ल्याब सञ्चालनको सहकार्य भएको छ।
यो सहकार्यले फाइभजी क्षेत्रमा दूई कम्पनीबीचको सहकार्यलाई अझै गहिरो बनाउने अपेक्षा गरिएको छ।
नयाँ ल्याबमार्फत ओपो र एरिक्सनले वैश्विक सहकार्य झल्काउने, एक अर्कासंग अत्याधुनिक फाइभजी प्रविधि आदान प्रदान गर्ने तथा
फाइभजी उत्पादन तथा नेटवर्क पफर्मेन्स सुदृढ बनाउँदै वैश्विकस्तरमा फाइभजीको वृहत रुपमा पुर्याउने उद्देश्य लिइएको छ।
रणनीतिक दृष्टिकोणले यो साझेदारी ओपो र एरिक्सन दुबैका लागि निकै महत्वपूर्ण रहेको ओपोका भीपी तथा सफ्टवेयर ईञ्जिनियरिङका अध्यक्ष एण्डि वुले बताए।
ओपो र एरिक्सन फाइभजी प्रविधिको विकासका लागि तत्परताका साथ सहकार्य गरेका छन्।
फाइभजी यूगमा गहिरो सहकार्यका लागि बलियो जग बसाउने सोचका साथ दूबै कम्पनीले ग्लोबल प्याटेन्ट लाइसेन्समा हस्ताक्षर पनि गरिसकेका छन्।
यही वर्षको सुरुवातमा आयोजित एमडब्लयूसी २०१९ मा ओपो र एरिक्सनले संयुक्त रुपमा अवलोकनकर्ताका लागि फाइभजी समार्टफोन र क्लाउड गेमिङ सिनेरियोको प्रदर्शनी समेत गरेका छन्।