सामसङको ग्यालेक्सी ए२०एस नेपाली बजारमा आएको छ। यस स्मार्टफोनमा जडान गरिएको ६.५ इन्चको एचडी इन्फिनिटी–वी डिस्प्लेले प्रयोगकर्ताहरुलाई गेम खेल्न वा फोटो खिच्न आनन्द दिनेछ।
यसमा ४००० एमएएच को व्याट्री तथा १५ वाटको फास्ट चार्जिङ्ग रहेको छ। जसले गर्दा सहज स्ट्रिमिङ्ग एवं गेमिङ्गको मज्जालिन सकिन्छ। ए२०एसमा डल्वी एटमास सराउन्ड साउन्ड प्रविधि रहेको छ।
फोनमा ट्रिपल रियर क्यामरा जडान गरिएको छ।
ग्यालेक्सी ए२०एसमा स्न्यापड्रयागन ४५० अक्टाकोर प्रोसेसर रहेको छ, जसले प्रयोगकर्ताहरुलाई सहजै विभिन्न एपहरु चलाउन मद्दत गर्दछ।
यो डिभाइसमा स्लीक ८ एमएमको ऐना जस्तै फिनिसिङ्गभएको अत्यन्त सुन्दर डिजाइन रहेको ग्यालेक्सी ए२०एस हरियो, नीलो तथा कालो गरी ३ रंगहरुमा उपलब्ध रहेको छ।
ग्यालेक्सी ए२०एस ३ जिबी र्याम ३२ जिबी इन्टरनल स्टोरेज तथा ४ जिबी र्याम ६४ जिबी इन्टरनल स्टोरेजमाउपलब्ध रहेको छ। यसमा रियर फिङ्गर प्रिन्ट स्क्यानर पनि रहेको छ।
३ जिबी र्याम ३२ जिबी इन्टरनल स्टोरेज भएको ग्यालेक्सी ए२०एस को खरिद मूल्य २० हजार ६ सय ९० रहेको छ भने ४ जिबी र्याम ६४ जिबी इन्टरनल स्टोरेजको २३ हजार ९ सय ९० रहेको छ।