सूचनाप्रविधि व्यवसायी नवराज कुँवरले कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । हाल क्यानको वरिष्ठ उपाध्यक्ष रहेका उनले संस्थाको २६ वर्षे इतिहासमा उपत्यका बाहिरबाट पहिलोपटक नेतृत्वमा दाबेदारी पेश गरेका हुन् ।
आगामी मंसिर ७ गते क्यान महासंघको १३औं कार्यसमितिको निर्वाचन हुँदैछ ।
“७७ ओटै जिल्लामा क्यान महासंघका शाखा पुर्याई मुलुकमा सूचनाप्रविधिको विकासलाई नयाँ चरणमा प्रवेश गराउने सोचका साथ मैले सूचनाप्रविधि व्यवसायीको छाता संस्थाको रुपमा रहेको क्यान महासंघको अध्यक्ष पदमा दावेदारी पेश गरेको हुँ,” कुँवरले भने ।
सूचना प्रविधि सम्बन्धि सामान एवं सेवा आयात र निर्यात मा देखिएको समस्या तथा ब्रोडव्याण्ड कनेक्टिभिटि सञ्चालनमा रहेको अव्यवाहरीक कर नितिलाई सरकारसंग छलफल गरि समाधान गर्ने पहल गरिने समेत कुँवरको भनाई छ ।
आफू निर्वाचित भएमा केन्द्र र सातै प्रदेशमा क्यान फेडेरेशनको आफ्नै भवन तथा पूर्वाधार तयार गर्ने र प्रादेशिक सचिवालय स्थापना गर्ने कार्यलाई प्राथमिकता दिने कुँवरले बताएका छन् । नेपालको सबैभन्दा ठूलो सूचनाप्रविधि मेला क्यान इन्फोटेकलाई अझ परिष्कृत र विकसित बनाउने र यसलाई सातै प्रदेशमा विस्तार गर्ने योजना पनि उनले अघि सारेका छन् ।
विसं. २०५२ देखि क्यानको सदस्य रहेका कुँवरले २०५७ सालमा लुम्बिनी अञ्चलका सूचनाप्रविधि व्यवसायीलाई संगठित गरी आफ्नो अध्यक्षतामा क्यान लुम्बिनी संस्था गठन गरी क्यानको पहिलो शाखाको रुपमा सदस्यता दिलाएका थिए । विगत डेढ दशकदेखि क्यानको केन्द्रीय समितिमा रहेर कामको अनुभव संगालेको, समितिका सबैभन्दा पूरानो र हाल बरिष्ठ उपाध्यक्ष भएकोले पनि आफ्नो उम्मेदबारी स्वाभाविक रहेको कुँवरले बताएका छन् ।
सातै प्रदेशमा विस्तार भएको महासंघले हालसम्म ५७ जिल्लामा उपस्थिति जनाइसकेको छ भने करीब ५ हजार सदस्यहरु यसमा आवद्ध छन् ।
कुँवरको समूहबाट संस्थागत साधारण समुहबाट राजन कर्मचार्य, अमित सराफ, राजेश अग्रवाल, शंकर श्रेष्ठ, शर्मिला भुजेल, निरञ्जन पटेल, सुरेन्द्र न्यौपाने , संस्थागत आजिवन समुहबाट डा. पवन कुमार शर्मा, नविन जोशी, राजेन्द्र अर्याल व्यक्तिगत आजिवन समुहबाट प्रा. डा. शुवर्ण शाक्य, विक्रम श्रेष्ठ, दामोदर अधिकारी व्यक्तिगत साधारण समुहबाट खुसल रेग्मी, रत्नतारा बैद्य, सुवास खड्का, धनश्याम खनाल, श्रवण श्रेष्ठ, श्री पौडेल, दिनेश राज कार्की. वस्तुगत सदस्य समुहबाट नारायण बहादुर थापा, भोजराज भट्ट, चिरञ्जिवी अधिकारी, प्रताप सापकोटा लेखा समितिमा लक्ष्मण यादव (संस्थागत सदस्य समूह), हृदयमान श्रेष्ठ (व्यक्तिगत सदस्य) , भिमसेन गिरी (जिल्ला शाखा) जिल्ला शाखा समुहबाट प्रदेश नं २: दिपेन्द्रराज सिंह र भुपालदास श्रेष्ठ प्रदेश नं ३: शेखरनाथ दुलाल र भानु शर्मा गण्डकी प्रदेशः अशोकबाबु राना प्रदेश नं ५: रेशम गिरी र ध्रुवराज शर्मा (सुदिप) कर्णाली प्रदेश: दलबहादुर खड्का र भिम मल्ल सुदुर पश्चिम प्रदेशः हर्क सेठ्ठी र खेमराज ढुंगाना उममेदवार हुने छन्।