अब स्वास्थ जाँच गर्न फोनबाटै डाक्टरसँग समय लिन सकिने भएको छ।
नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका डाक्टरहरुसँग उपचारका लागि जिभी नामक एप्लिकेसनबाट समय लिन सकिने भएको हो। साथै औषधी तथा अन्य स्वास्थका सामाग्री किन्न तथा रगत चाहिएमा वा रक्तदान गर्नु परेमा फोनबाट सहजै रुपमा सेवा लिन सकिने जिभी प्रालिले जनाएको छ।
यस एपमार्फत सेवा लिएमा २५ प्रतिशत छुटको व्यवस्था भएको प्रालिको बुधबार जारी प्रेस विज्ञप्तीमा उल्लेख छ। जिभी प्रालिले होम डेलिभरीको समेत व्यवस्था गरेको छ।
यो एपले दुई महिनामा मात्रै एक हजार भन्दा बढी प्रयोगकर्ता बनाइसकेको र ५ हजार भन्दा बढी अनलाइन पसलमा प्रयोग हुने गरेको बताएको छ।