कलरओएस सिक्स बजारमा आएसँगै प्रयोगकर्ता यसको फिचर्सको उपयोगबारे जान्न उत्सुक भएका छन्।
कम्पनीले यस स्मार्टफोनमा नयाँ फिचर्स समाबेश गरेको बताएको छ। कलरओएस सिक्समा स्मार्ट साइडबार, नेभिगेसन गेस्चर्स, राइडिङ मोड, पार्टी मोड, गेमिङ असिस्टेन्ट, पावर सेभर लगायत फिचर्स समावेश गरिएकोे छ।
यसका फिचर्स कसरी प्रयोग गर्ने भन्नेबारे यहाँ उल्लेख छ।
स्मार्ट साइडबार:
स्मार्ट साइडबार सक्रियहुँदा नेभिगेसन पहिलेका तुलनामा धेरै नै सहज बनेको छ। स्क्रिनको साइडबाट हल्का स्वाइप गरेकै भरमा प्रयोगकर्ताको छनोटका लागि क्विक टूल्स र क्विक एप्स प्रस्तुत हुन्छ।
क्विक टूल्स अन्तर्गत स्क्रिनसट, स्क्रिन रेकर्डिङ र ब्लक ब्यानर्स लगायत एप्स छन्। यसमा आफूले सर्वाधिक प्रयोग गर्ने क्विक एप्सको प्रयोग गरी सहज र सुलभ नेभिगेसनको मज्जालिन सकिन्छ।
यसको प्रयोगका लागि सेटिङ अन्तर्गत स्मार्ट साइडबारमा गई कन्भिनियन्स एइड अन्तर्गत स्मार्ट साइडबारको छनोट गर्नुपर्ने हुन्छ।
नेभिगेसन जेस्चर्स:
नेभिगेसनलाई अझ सहज र सुलभ बनाउने सोचका साथ यसमा विभिन्न जेस्चर्सको ब्यवस्था गरिएको छ। केही साधारण र सहज जेस्चर्सका माध्यमबाट फोनका निकै महत्वपूर्ण फिचर्समा सहज पहुँच बनाउन सकिन्छ।
जस्तैः स्क्रिनमा डबल ट्यापगर्दा फोन सहजै अन हुन्छ। उपकरणको क्यामेरा अन गर्नका लागिगोलाकार (सर्कल) बनाउने, उपकरणको फ्ल्याशलाइट अन गर्न अंग्रेजी बर्णमालाको ‘भी’ बनाउने, तीन औँला फोनको स्क्रिनमा स्लाइड गरी स्क्रिनसट लिन सकिन्छ।
त्यस्तै स्प्लिट स्क्रिनको उपयोग गर्नका लागि तीन औँलाले स्लाइड अप गर्नुपर्ने कम्पनीले बताएको छ।
राइडिङ मोडः
राइडिङ मोडका माध्यमबाट प्रयोगकर्ताले सडकमा सवारी चलाइरहेका बेला ध्यान भंग हुने सम्भावनाबाट जोगाउँछ। कलरओएस सिक्सले प्रयोगकर्तालाई सडकमा हुँदा आउने नोटिफिकेसन माथि नियन्त्रण राख्न सघाउँछ।
यसमा रहेको डुनटडिस्टर्ब राइडिङ प्रविधिले एनिवान, कन्ट्याक्ट्स अन्लि, फेभरेट कन्ट्याक्ट्स अन्लि वा सम्पूर्ण कल नै नलिने लगायत निर्णय गर्न सकिन्छ।
यसरी अनावश्यककल फिल्टर गरी प्रयोगकर्ताले सुरक्षित तथा आरामदायी यात्राको मज्जालिन सक्छन्।
राइडिङ मोड अन गर्नका लागि सेटिङमा गएर स्मार्ट सर्भिसेज्बाट स्मार्ट ड्राइभिङमा गई राइडिङ मोडको छनोट गर्नुपर्छ।
पार्टीमोडः
पार्टी गर्न उपकरणको हटस्पट ईनेबल गरी साथीहरुलाई हटस्पट ज्पाइन गर्न ईन्भाइट गर्नु पर्ने हुन्छ। यति गरी साथीहरुसँग आफ्नो प्लेलिस्ट सेयर गरी संगीतको सामुहिक मज्जालिन सकिन्छ।
गेमिङ असिस्टेन्ट:
गेमिङ असिस्टेन्टको उपयोग गरी आफ्नो रुचिअनुसार प्रयोगकर्ताले गेम खेल्न सक्छन्। गेममा ध्यान केन्द्रित गर्न नोटिफिकेसन डिजेबल गर्न सकिन्छ।
कसैगरी खेल खेलिरहेकै समयमा अर्जेन्ट म्यासेजको रिप्लाइगर्नु पर्दा समेत फ्लोटिङ विन्डोको सुविधा प्रयोग गर्न सकिन्छ। यसको प्रयोगबाट गेमप्लेको स्क्रिन रेकडिङ, विशेष शर्टकटको निर्माण तथा नोटिफिकेसन आफू उपयुक्त परिमार्जन गर्ने सुविधा समेत प्राप्त हुन्छ।
पावर सेभरः
यसमा ब्याट्री बचतका गराउन स्मार्ट पावर सेभर फिचर्स समावेश गरिएको छ। स्लिप मोडका साथमा यसमा रहेको स्मार्ट पावर सेभरले ब्याट्रीको प्रयोगलाई पूर्ण बन्द गर्ने क्षमता राख्छ।