नेपाल टेलिकमले नेपालका विभिन्न शहरहरुमा फोरजी सिम वितरण गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिरहेको छ।
जसअन्तर्गत पहिलो चरणको सो अभियान आउँदो बुधबार पोखराको अमरसिंह मैदानमा सम्पन्न हुने भएको छ।
उक्त अभियान गत कार्तिक २० गते विर्तामोडबाट सुरु गरिएको थियो।
यस अभियान टुजी/थ्रीजीबाट फोरजीमा स्तरोन्नती गरिएको टेलिकमले बतायो।
कम्पनीले सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा सहुलियतमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरेको हो।
गत कार्तिक २० गते विर्तामोड, २२ गते वीरगन्ज, २४ गते भरतपुर, २६ गते नेपालगन्ज, २८ गते सुर्खेत र ३० गते महेन्द्रनगरमा सिम वितरण सम्पन्न गरिएको थियो।
कम्पनीकाअनुसार पहिले टुजी वा थ्रीजी सिम भएका ग्राहकलाई फोरजी सेवामा स्तरोन्नती गर्दा २ सय एमबी डाटा बोनससहित फोरजी सिम निशुल्क उपलब्ध गराईएको छ।
सांगितीक कार्यक्रम सप्तरङ्ग २ मार्फत पनि टेलिकमले फोरजी सेवाको प्रचार गरेको छ।