शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले बुधबार रेडमी नोट ८ सिरिजको स्मार्टफोन सार्वजनिक गरेको छ। ती नोट ८ र नोट ८ प्रा नोट ८ र नोट ८ प्रो हुन्। यी स्मार्टफोनका विषयमा यहाँ चर्चा गरिएको छ।
रेडमी नोट ८ प्रो – ६४ एमपी क्वाड क्यामेरा
शक्तिशाली ६४ एमपी क्वाड क्यामेरा सेटअप र समान सक्षम चिपसेट भएको रेडमी नोट ८ प्रो एक सर्वोत्कृष्ट फोन हो। यसको फ्रन्ट क्यामेरा सेटअपमा २० एमपी सेल्फी सुटर छ। अक्टा–कोर हेलियो जि९०टी मोबाइल प्लायटफर्मले गेमिङ क्षमता ल्याएको छ।
पहिलो पटक रेडमी नोट सिरिजमा ४ वटा क्यामेरा छ। यसमा फोटो र भिडियोका लागि ६४ एमपी मुख्य क्यामेरा, १२० डिग्री दृश्यका साथ अल्ट्रा वाइड एङगल लेन्स, डेप्थ सेन्सर र म्याक्रो लेन्स रहेको छ जसले २ सीएमसम्म दृश्यको नजिक पुर्याउँछ।
रिफ्रेस औरा डिजाइनमा अद्भुत गाम्मा ग्रिन कलर र डुअल कोर्निङ गोरिला ग्लास ५ भएको रेडमी नोट ८ प्रो सुन्दर, इग्रोनोमिक डिजाइनको दुलर्भ संयोजन हो। यसमा ६.५३ को डट नोच डिस्प्ले जडान गरिएको छ।
रेडमी नोट ८ प्रो को रिअरमा ८.८ एमएम मोटाइ भएको ३डी कर्बड ग्लास रहेको छ जसले यसलाई हातमा राख्दा सजिलो महशुस गराउँछ। यसमा ४५०० एमएएच ब्याट्री क्षमता रहेको छ। साथै १८ वाट्ट फास्ट चार्जिङको सुविधा पनि रहेको छ।
यसको ८ जीबीसम्म क्षमता रहेको छ।
रेडमी नोट ८–४८ एमपी क्वाड अल राउन्डर
रेडमी नोट ८ ४८ एमपी क्वाड क्यामेरा सेटअप सहित लोकप्रिय नोट ७ एसको अलराउन्ड अप्ग्रेड हो। ६.३ इन्च डट नोच डिस्प्लेको र औरा फ्लुइड डिजाइनले सुसज्जित रेडमी नोट ८ मा अविश्वसनीय इमर्सिभ एफएचडी प्लस भिज्योल अनुभव प्रदान गर्दछ
यसमा कर्निङ गोरिला ग्लास ५को प्रयोग गरिएको छ र प्रयोगकर्ताले अपग्रेटेड स्थायित्वको अपेक्षा गर्न सक्दछन् र यसले अगाडि र पछाडिको भागलाईसामान्य गिरावटबाट जोगाउँछ।
रेडमी नोट ८ एक फोटोग्राफी पावरहाउस हो जसको रियरमा क्वाड क्यामेरा सेटअप छ।
रेडमी नोट ८ को अघिल्लो भागमा १३ एमपी सेल्फी क्यामेरा छ।
क्वालकम स्न्यापड्रेगन ६६५ मोबाइल प्लायटफर्मले पावर इफिशेनसी कायम गर्दै उत्कृष्ट प्रर्फमेन्श प्रदर्शन गर्दछ जसमा ४००० एमएएच ब्याट्री र आउट अफ बक्स टाइप सी १८ वाट्ट चार्जिङ रहेको छ ।
‘नोट ८ सिरिज विश्वमै राम्रो स्मार्टफोन मानिएको छ। यसलाई नेपाली बजारमा सार्वजनिक गर्न पाउँदा खुशि लागेको छ’, शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारी भने।
पाइने स्थान र मूल्य
रेडमी नोट ८, ६ जीबी प्लस ६४ जीबी र ६ जीबी प्लस १२८ जीबी भेरियन्टमा क्रमश रु १८,९९९ मा रु २३,९९९ मा उपलब्ध हुनेछ। यो फोन तीनवटा कलर भेरियन्ट– मुनलाईट ह्वाइट, स्पेश ब्लाक र नेप्च्यून ब्लुमा रहेका छन्।
रेडमी नोट ८ प्रो, ६ जीबी प्लस ६४ जीबी, ६ जीबी प्लस १२८ जीबी र ८ जीबी प्लस १२८ जीबी स्टोरेज भेरियन्टमा रु २६,९९९, रु २९,९९९ र रु ३२,९९९ मा क्रमश उपलब्ध हुनेछ । यो फोन तीनवटा कलर भेरियन्ट–गामा ग्रिन, हलो ह्वाइट र स्याडो ब्ल्याकमा रहेका छन् ।
दुवै फोनहरु बिक्रीका लागि बुधबारबाट सम्पूर्ण एमआईका अधिकृत पार्टनर, डराज सस्तो डिलमा उपलब्ध हुने कम्पनीले बताएको छ।