रियलमी नेपालले आफ्नो नयाँ उत्पादन रियलमी ५ नेपाली बजारमा ल्याएको छ।
मिड रेञ्ज अन्तर्गतको यस स्मार्टफोनमा ६.५ इन्चको डिस्प्ले जडान गरिएको छ। स्न्यापड्रागन ६६५ प्रोसेसर रहेको छ, जसले फोन ह्याङ हुनबाट बचाउँछ र प्रयोगकर्तालाई सहज अनुभव दिन्छ।
कम्पनीका अनुसार रियलमी ५ दुई भेरियन्टका साथ बजारमा आएका छन्। दुबैमा ३ जिबी र्याम र ६४ जिबी रोम भएको स्मार्टफोनको मूल्य २० हजार ९ सय ९० रहेको छ। त्यसैगरी, ४जिबि र्याम र १२८ जिबी रोम भएको स्मार्टफोनको मूल्य २३ हजार ९ सय ९० रहेको छ।
दूवै भेरियन्टको स्मार्टफोन ग्राहकले क्रिष्टल निलो र बैजनी रङमा किन्न पाउँने कम्पनी जानकारी दिएको छ।
रियलमीले यस फोनमा ४ क्यामेराहरु दिएको छ। यी ४ क्यामेराहरुको प्रयोग गरी प्रयोगकर्ताहरुले ४ भिन्न प्रकारको फोटो खिच्न सक्नेछन्।
पहिलो २ एमपी गहिराइ सेन्सर हो। जुन मुख्य क्यामेरालाई पोर्ट्रेटशटहरू क्याप्चर गर्न मद्दत गर्दछ।
दोस्रो सेन्सर चाहिँ ८ एमपीको वाईडएन्गल सेन्सर हो, जसले प्रयोगकर्ताहरूलाई फराकिलो कोणका फोटोहरू क्याप्चर गर्न मद्दत गर्दछ।
फोनमा जडान गरिएको २ एमपी म्याक्रो लेन्सले प्रयोगकर्तालाई म्याक्रोशटहरू क्याप्चर गर्न मद्दत गदर्छ।
सामान्य १२ एमपीको फराकिलो क्यामेराले सामान्य शटहरू क्याप्चर गर्न गदर्छ।
यसमा रहेको ५ हजार क्षमताको ब्याट्रीले सामान्य फोन प्रयोगकर्ताहरुलाई २ दिनसम्म टिकाउँछ।
स्प्लास रेसिस्टेन्ट डिजाइनको सहयोगको फोनले यसको बाहिरी भागमा पानीको हल्का फोकाहरू प्रतिरोध गर्न सक्छ।
रियलमी५ का अन्य मूख्य विशेषताहरु यस्ता छन्:
डिस्प्लेः ६.५इन्च
प्रोसेसरः स्न्यापड्रागन ६६५ (अक्टाकोर)
ब्याक क्यामेराः १२८२ र२ एमपी
फ्रन्ट क्यामेराः १३ एमपी
र्यामः ३ र ४ जीबी
स्टोरेजः ६४ र १२८ जीबी
ब्याट्रीः५ हजार क्षमता
अपरेटिंगप्रणालीः एन्ड्रोइड ९
कलरः निलो र बैजनी