चिनियाँ प्रविधिक कम्पनी ओपोका फाइभजी वैज्ञानिक हेनरी ट्याङले भविष्यको समग्र विकासको स्तम्भ फाइभजी प्रविधि हुने बताएका छन्।
चीनको क्वाङचोउमा आयोजित बार्षिक टेक्नोलोजी फोरम ईष्ट टेक वेष्टमा बोल्दै उनले बौद्धिक समाजमा फाइभजी एक प्रमुख स्तम्भका रुपमा रहने बताए।
'यसको माध्यमबाट बहुमुखी तथा एकिकृत कनेक्टिभिटी सुचारु हुनुका साथै विभिन्न परिस्थितीमा उपयोगिता समेत ब्याप्त हुनेछ' उनले भने,'फाइभजीबाट उपभोक्ताले ब्यापकरुपमा फाइदा लिन सकुन् भन्ने सोचका साथ ओपो, सक्रिय रुपमा फाइभजीका उपयोगिता बारे अन्वेषण गरिरहेको छ ।'
उक्त अवसरमा उनले सन् २०१८देखि यो अन्वेषणले ओपोका लागि थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधिको प्रयोग मार्फत विश्वकै पहिलो फाइभजी भिडियो कल डेमो र एमडब्ल्यूसी २०१९मा फाइभजी स्मार्ट फोन मार्फत् विश्वमै पहिलो पटक वेइपो लाइभस्ट्रिम लगायत फाइभजी सम्बन्धि विभिन्न कोशेढुङ्गा स्थापना भएको दाबी गरे।
ओपोले आफ्नो फाइभजी ब्यवसायलाई १ दर्जन भन्दा बढी देशहरुमा फिजाउनुका साथै सो बजारमा रहेका विश्वकै अग्रणी अपरेटर्ससंग सहकार्य गर्दै आफ्ना वैश्विक उपभोक्तालाई फाइभजी ह्याण्डसेट्स तथा सेवा उपलब्ध गराइरहेको छ । सन् २०१९को मे महिनामा ओपो र स्विसकमले स्विट्जरल्याण्डमा आधिकारिक रुपमा ओपो रेनो फाइभजी स्मार्टफोन सार्वजनिक गरेको थियो ।