रेडमी के ट्वान्टी सिरिजको सफलतापछि साओमीले के थर्टी सिरिज पनि बजारमा ल्याउने भएको छ। दक्षिण एसयाली मुलुकहरुमा लोकप्रीय रहेको के सिरिजमा नयाँ मोडल ल्याउने कम्पनीले घोषणा गरेको हो।
रेड्मी के थर्टी यही डसेम्बर १० मा सार्बजनिक हुने रेडमीका ब्रान्ड म्यानेजर लु बिबिङले सामाजिक सञ्जाल वीबोमा पोष्ट गरेका छन्।
उनले उक्त पोष्टमा दिएको जानकारीअनुसार के थर्टी रेड्मीको पहिलो फाइभजी फोन हुने छ।
उनले पोष्टसँगै सार्बजनिक गरेको तस्बिबरमा सेल्फीका लागि २ क्यामेरा भएको उक्त फोन विश्वबजारमा कहिले सार्बजनिक हुन्छ भन्ने कुनै जानकारी दिइएको छैन।
चिनियाँ कम्पनीहरुले धेरै फोन पहिला चिनियाँ बजारमा पहिला सार्बजनिक गर्छन्। त्यसपछिमात्र विश्वबजारमा लिन्छन्।
सन् २०१९ मा कम्पनीले रेड्मीको फ्लागसिप सिरिजका रुपमा के सिरिज सुरु गरेको थियो। यसमा केट्वान्टी र प्रो मोडल अहिले बजारमा बिक्री भइरहेका छन्। यो सिरिजका फोन नेपाली बजारमा पनि लोकप्रीय बनेका कम्पनीले जानकारी दिएको छ।