एनसेल प्राईभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’ अफरअन्तर्गतका विजेतालाई पुरस्कार प्रदान गरेको छ।
पहिलो हप्ताका पाँचमध्ये दुई ग्राहकलाई २ लाख रुपैयाँ नगद पुरस्कार वितरण गरेको छ।
एनसेलले यो अफर मंसिर १ देखि संचालन गर्दै आएको हो।
उक्त योजनाअन्तर्गत ग्राहकले प्रत्येक हप्ता २ लाख र प्रत्येक महिना १० लाख रुपैयाँ जित्ने मौका पाउँछन्।
एनसेलका प्रिपेड र पोष्टपेड सेवाका ग्राहकले हप्तामा १०० वा यस भन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन सक्छन्।