नेपाल टेलिकमले भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारको सुविधा ल्याएको छ।
यो सेवा उपयोग गर्न नेपाल टेलिकमको एप डाउनलोड गर्नुपर्छ।
डाउनलोड गरेपछि ‘रजिष्टर’मा क्लिक गर्नुपर्दछ। एपमा मागेबमोजिम प्रयोगकर्ताको नाम, मोबाइल नम्बर, पासवर्ड लगायत विवरण राखेपछि लग इन हुन्छ।
यसपछि मोबाइलमा तत्कालै सन्देशका रुपमा एक पटकका लागि कोड नम्बर आउँछ। सो कोड नम्बर इन्ट्री गरी हामी कम्पनीको एप प्रयोग गर्न सकिन्छ।
उक्त एपमार्फत आफन्त वा साथिभाईलाई कुराकानी गर्ने वा इन्टरनेट चलाउने समय उपहारका रुपमा प्रदान गर्न सकिने टेलिकमले बताएको छ।
इन्टरनेट चलाउने डाटा सेवा उपहारस्वरुप दिन चाहेमा गिफ्ट प्याकेजमा क्लिक गर्नुपर्दछ।
त्यसपछि डाटा लेखिएको एपमा गएर जम्मा १२ रुपैयाँमा २४ घण्टासम्म २८ एमबी डाटा चलाउन सकिने, ३० मा ३ दिन चलाउन मिल्ने ९० एमबी, ६० मा ७ दिनको १९० एमबी र १०० रुपैयाँको ५०० एमबी तथा २४० रुपैयाँको २८ दिन चलाउन सकिने १५ सय एमबी डाटा गिफ्ट गर्न सकिन्छ।
यसैगरी, सोही एपको गिफ्ट प्याकेजमा भ्वाइस क्लिक गरी २५ रुपैयाँको ४० मिनेट कुरा गर्नसक्ने एकदिने प्याकेज उपहार दिन सकिन्छ।
सात दिनसम्म १९० मिनेट कुरा गर्न सकिने प्याकेज उपहार दिने हो भने १ सय रुपैयाँ मात्र लाग्छ।
कुल २४० रुपैयाँमा २८ दिनसम्म ४९० मिनेट कुरा गर्न सकिने प्याकेज पनि उपहार दिन सकिने छ।
साथै ५ सयमा ४२ दिनसम्म प्रयोग गर्न सकिने ११ सय मिनेट गिफ्ट गर्न सकिने टेलिकमले बतायो।
यस योजनामा जसले गिफ्ट दिन्छ सोही व्यक्तिको मोबाइल ब्यालेन्सबाट रकम कटिन्छ।