ओपोले डिसेम्बर १० का दिन चीनमा पहिलो ओपो इन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ।
‘क्रिएट बियोन्ड बाउन्ड्रिज’ सिद्धान्त अन्तर्गत आयोजित हुने ओपो डेमा फाइभजी यूगमा अत्याधुनिक प्रविधि र सेवाहरुको गहन छलफल हुने बताइएको छ।
कार्यक्रममा औद्योगिक क्षेत्रका विशेषज्ञहरुका साथमा प्रविधिको भविष्यबारे छलफल हुने भएको छ।
आपो ईन्नो डे वैश्विक मिडिया, विश्लेषक, औद्योगिक पार्टनर्स लगायत सर्वसाधारणका लागि पनि खुल्ला गरिएको छ।
यस वर्षको कार्यक्रममा ओपोले फाइभजी, एआर र आओटीलगायत आफ्ना उपलब्धी प्रस्तुत गर्नेछ।
उक्त दिन कम्पनीका प्रमुख औद्योगिक पार्टनर्सलाई प्रविधिको भविष्यबारेमा आफ्ना धारणा प्रस्तुत गर्न मञ्च पनि प्रदान गरिने छ।