ओपोले एरिक्सन, क्वालकम टेक्नोलोजिज् (क्वालकम ईनकर्पोरेटेडको सहायक), स्विसकम र टेल्स्ट्रासंगको सहकार्य मार्फत विश्वकै पहिलो डीएसएस सक्रिय फाइभजी स्मार्टफोनबाट उद्योगकै पहिलो डीएसएस (डायनामिक स्पेक्ट्रम शेयरिङ) डाटाकल सफलतापूर्वक सम्पन्न गरेको छ।
यससंगै ओपो वैश्विकरुपमै डीएसएस सपोर्ट गर्ने पहिलो स्मार्ट उपकरण ब्राण्ड बन्न सफल भएको छ। डीएसएस प्रविधिले विद्यमान फोरजी र फाइभजी फ्रिक्वेन्सी स्पेक्ट्रम्स तथा सञ्जालवाहकलाई लाभ प्रदान गराउँदै फाइभजी सेवाको विस्तार गर्दछ।
नोभेम्बर २९ मा गरिएको सफल डीएसएस कल, क्वालकम स्न्यापड्रागन एक्स५५ मोडेम(आरएफ सिस्टमद्वारा सञ्चारित ओपो फाइभजी स्मार्टफोनबाट गरिएको थियो।