सर्वोच्च अदालतको आदेशपछि दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमाथी २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण भएको छ।
ठूला करदाता सेवा कार्यालयले एनसेलमाथि उक्त कर निर्धारण गरेको करदाता सेवा कार्यलयका प्रशासक झलकराम अधिकारीले बताए।
उनकाअनुसार कार्यालयले बिहीबार पत्र पठाउँदै एनसेललाई १५ दिनभित्र कर तिर्न भनेको हो।
२०७२ चैत २९ मा स्विडेनको कम्पनी टेलियासोनेराले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर तत्कालिन बजार मूल्यअनुसार १ खर्ब ४३ अर्ब ६५ करोड रुपैयाँमा मलेसियन कम्पनी एजिएटालाई विक्री गरेको थियो।
यसअघि सर्वोच्च अदालतले एनसेलाई २१ अर्ब १० करोड रुपैयाँ कर तिर्न आदेश दिएको थियो। समयमै कर नतिरेपछि गत वैशाखयता ब्याजसहित कर २२ अर्ब ४४ करोड ५३ लाख पुगेको हो।
समयमै कर नबुझाए एनसेललाई वार्षिक २५ प्रतिशतका दरले करको भार बढ्दै जानेछ।