चिनियाँ मोबाइल निर्माता कम्पनी साओमीले विश्वको पहिलो १०८ मेगापिक्सल क्यामेरा भएको स्मार्टफोन बनाउने भएको छ।
साओमीले डिजाइन गरेको एक्ट्रा रिजोल्युसन क्यामेरा सेन्सर भने सामसुङले बनाउने छ।
सामसुङ दक्षिण कोरियाको मोबाइल निर्माता कम्पनी हो।
साओमीको लागि बनाउन लागेको उक्त क्यामेरा सामसुङले आफ्नो मोबाइलमा भने अहिलेसम्म प्रयोग गरेको छैन।
कम्पनीका अनुसार यो क्यामेराले खिचेको फोटो प्रष्ट हुने र फोटोको डिटेलिङ राम्रो हुने दाबी गर्दै आएको छ।
तर, कतिपयले भने एउटा फोटोमा धेरै पिक्सलहरु खादिने हुँदा त्यसले फोटो प्रष्ट नहुने दाबी गरेका छन्। उनीहरुले पिक्सल खप्टिने, धेरै पिक्सल भएका फोटो धमिलो देखिने तथा फोटोको उज्यालोको पनि समस्या हुने बताएका छन्।
साओमीले उक्त क्यामेरा भएको एमआइ सिसि प्रो पिमियर चिनियाँ बजारमा मात्रै सार्वजनिक गरेको छ। यसको सुरुवाती मूल्य २ हजार ७ सय ९९ युआन राखिएको छ।
यो फोन अन्तर्राष्ट्रिय बजारमा भने एमआइ नोट १० मार्फत बजारमा ल्याउन लागिएको छ। केही समयमा साओमीले उक्त फोन सार्वजनिक गर्ने बताएको छ।
यो भन्दा पहिले एमआइ मिक्स अल्फामा पनि १०८ मेगा पिक्सलको क्यामेरा राख्ने साओमीले बताएको थियो ।
अहिलेसम्म १०० भन्दा बढी मेगाफिक्सलको क्यामेरा मध्येम स्तरको डिजिटल क्यामेरामा मात्रै प्रयोग गरिन्थ्यो। जसको मूल्य लाखौं रुपैयाँ पर्थ्यो। तर, अहिले ठूलो रेजुलुसनको क्यामेरा सानो स्मार्टफोनमा पनि प्रयोग गर्न थालिएको छ।