नेपालमै पहिलोपटक अनलाइन ट्राभल एग्रिगेटर सेवा सुरु भएको छ। नेपालबाट पनि अनलाई सेवा दिनेगरी एक्सेलट्रिप नेपालको आजदेखि सुरु भएको हो। नेपालको पर्यटकीय सेवा र उद्यमलाई प्रवर्द्धन र सशक्तिकरण गर्ने उद्देश्यका साथ एक्सेलट्रिप ग्लोबलले नेपालमा पनि आफ्नो सेवा विस्तार गरेको एक्सलट्रिपका संस्थापक ज्ञानेन्द्र खड्काले जानकारी दिए।
एक्सलट्रिप ग्लोबल अमेरिकाबाट सञ्चालित कम्पनी हो। यसले विश्वका १४ मुलुकमा सेवा विस्तार गरिसकेको छ।
२० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ 'भिजिट नेपाल २०२०' आयोजनालाई सहयोग पुग्नेगरी सेवा सुरु गरिएको एक्सलट्रिप नेपालका साहयक संस्थापक आदित्य बरालले जानकारी दिए।
पन्ध्र लाख होटल र ४०० वायुसेवा कम्पनीका संजाल मार्फत् एक्सेलट्रिप संसारकै तीब्र रफ्तारमा फैलदो एक अनलाइन ट्राभल प्लेटफर्म भएको बरालको दाबी छ।
एक्सेलट्रिप अनलाइन होटल तथा एअरलाइन्स बुकिङ् इन्जिन हो। यसले बजारमा भएका विभिन्न बिकल्पलाई एकैपटक विश्लेषण गरेर उपभोक्तालाई उपलब्ध गराउछ।
नेपालमै भएको कार्यालयबाट त्यसरी बुक गरेका नेपालीहरुलाई सहज सेवा दिने छ।
नेपालका होटल तथा एयरलाइन्सहरु यसमा जोडिन सुरु भएको सिइओ खड्काले जानकारी दिए।
एक्सेलट्रिपले शून्य प्रतिशत कमिसनमा गर्ने बरालले जानकारी दिए।
त्यस्तै यसले नेपाली यात्रुका लागि स्थानीय बैंकद्वारा जारी भीसा र मास्टरकार्ड तथा इ-सेवा मार्फत् अन्तराष्ट्रिय होटल तथा उडान बुक गर्न पाउने सुविधा दिने छ।
एक्सेलट्रिपले अनलाइन बुकिङका लागि होटल र होमस्टेलाई डिजिटल रूपमा सक्षम बनाउन सहयोग गर्ने बरालको भनाइ छ।
उद्घाटन कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले नेपालीहरुले नै सुरु गर्को ग्लोबल ब्रान्डबाट नेपालले धेरै लाभ लिनसक्ने बताए।