चीनले सन् २०२० भित्र सबै सहरमा फाइभजी सेवा विस्तार गर्ने घोषणा गरेको छ।
ग्लोबल टाइम्सले चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयलाई उद्धृत गर्दै सन् २०२० भित्र सबै सहरमा फाइभजी सेवा विस्तार हुने बताएको छ।
चीनले फाइभजी नेटवर्कको कभरेज सबै सहरमा एक वर्षभित्रै पुर्याउने घोषणा गरेको हो।
यसका लागि उसले १ लाख २६ हजार फाइभजी बेस स्टेशन राख्ने छ।