नेपाल दुरसन्चार कम्पनी लिमिटेडले ४५ प्रतिशतका दरले नगद लाभांश बाढ्ने भएको छ।
कम्पनीको सोमबार बसेको सन्चालक समितिको ८ सय ४१औं बैठकले आगामी वार्षिक साधारण सभामा ४५ प्रतिशत लाभांस दिने प्रस्ताव गर्ने निर्णय गरेको हो।
गत वर्ष ५५ प्रतिशत लाभांस दिएको कम्पनीले यो वर्ष १० प्रतिशतले लाभांस कम गरेको छ। पछिल्लो केही वर्षदेखि नेपालका टेलिकम कम्पनीहरुको आय घटिरहेकाले लाभांस पनि कम भएको हो।
कम्पनीले पुस २९ मा १२औं साधारण सभा पनि बोलाएको छ।