नेपाल टेलिकमको नयाँ जीएसएमरसीडीएमए प्रिपेड सिमकार्डमा ५० रुपैयाँको ब्यालेन्स उपलब्ध हुने गरेकोमा अब सोही मूल्यमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भएको छ।
पुस १६ अर्थात अंग्रेजी नयाँ वर्षदेखि यसमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भएको हो।
जसअन्तर्गत नयाँ सिमकार्डमा १० रुपैयाँ ब्यालेन्सको रुपमा उपलब्ध हुनेछ।
साथै ४० मिनेट कुराकानी गर्न, ६० एमबी डाटा चलाउन र २० वटा एसएमएस पठाउन सकिनेछ।
सिममा उपलब्ध १० रुपैयाँ ब्यालेन्सबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिने सकिने भएको हो।
४० मिनेट टक टाइम र २० वटा एसएमएस एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने टेलिकमले बताएको छ।
यसअघि नै सिमकार्ड खरिद गरी एक्टिभ नगरेका ग्राहकहरुले पुस १५ गतेसम्म एक्टिभेट गरेमा पुरानो व्यवस्थाअनुसारको ब्यालेन्स ५० रुपैयाँ प्राप्त हुनेछ। पुस १६ गते वा सो भन्दापछि एक्टिभेट गरेमा नयाँ व्यवस्थाअनुसारको ब्यालेन्स १० रुपैयाँ तथा थप सुविधा प्राप्त हुनेछ।
नयाँ प्रिपेड सिमकार्डमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भए तापनि यसको मूल्यमा कुनै परिवर्तन गरिएको छैन।
नब्बे रुपैयाँमै सिमकार्ड उपलब्ध हुनेछ। यसबाट नेपाल टेलिकमका ग्राहकहरु अझ बढी लाभान्वित हुनसक्ने कम्पनीको विश्वास छ।