एनसेलले सन् २०२० को पहिलो दिन (जनवरी १) आफ्ना ग्राहकका लागि विषेश छुट अफर ल्याएको छ। यस दिन ग्राहकले ५० प्रतिशत छुटमा मासिक डेटा प्याकहरु पाउँनेछन्।
नयाँवर्ष अफरअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले ५० प्रतिशत छुटमा १६ जिबी र ६ जिबी मासिक डेटा प्याकको मजा लिन सक्नेछन्।
यो अफर बुधबार (पुष १६) गते देखि लागु भई २४ घण्टाको लागि मान्य रहने कम्पनीले बताएाको छ।
एनसेलका ग्राहकले बुधबार बिहान १२ बजे देखि मध्यरात ११.५९ सम्ममा ५० प्रतिशत छुटमा यी दुई वटा मासिक डेटा प्याक सुचारु गर्न सक्नेछन्।
यो योजनाअन्तर्गत ग्राहकले कर सहित रु १,०२०.२४ पर्ने १६ जिबी प्याक कर सहित मात्र रु ५१०.१२ मा सुचारु गर्न सक्नेछन्। त्यस्तै यहियोजनाअन्तर्गत ग्राहकले कर सहित रु ४५३.३० पन मासिक ६ जिबी (३ जिबी+३ जिबीफोरजी डेटा) डेटा प्याक कर सहितमात्र रु २२६.६५ मा सुचारु गर्न सक्नेछन् ।
ग्राहकले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स ५० ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार आफ्नो आवश्यकताअनुसारको डेटा प्याक सुचारु गर्न सक्नेछन् ।