पछिल्लो एक दशकमा विश्वभरिमै सबैभन्दा ठूलो परिवर्तन स्मार्टफोनमा देखिएको छ। यस बिचमा स्मार्टफोन मात्रै होइन त्यसमा प्रयोग गरिने एप्सहरु पनि धेरै चर्चामा आएको छ।
स्मार्टफोनमा यो समयमा सबैभन्दा बढी सामाजिक सञ्जाल तथा च्याटिङ एप्समा प्रयोगकर्ता झुम्मिएको देखिएको छ। मानिसहरुले सामाजिक सन्जालका एप्सहरु सबैभन्दा बढी मन पराएर डाउनलोड गरेका छन्। त्यस्तै म्यूजिक तथा भिडिओ अपलोडिङ एप्स पनि बढी मात्रामा डाउनलोड गरेका छन्।
पछिल्लो एक दशकमा सबैभन्दा बढी डाउनलोड भएको एप्स फेसबुक हो। फेसबुककै अन्य तीन उत्पादन सबैभन्दा बढी डाउनलोड हुने एप्समा परेका छन्।
फेसबुक बाहेक, फेसबुक म्यासेन्जर, ह्वाट्सएप, इन्ट्राग्राम सबैभन्दा बढी डाउनलोड भएको एप्स हो। यी सबै फेसबुककै उत्पादन हुन्।
त्यसपछि भने सबैभन्दा बढी डाउनलोड भएका एप्समा स्नापच्याट, स्काइप, टिकटक र युसी ब्राउजर छन्।
यस्तै सबैभन्दा बढी डाउनलोड भएको एप्सको नवौं स्थानमा युटुव छ भने ट्विटर दशौं स्थानमा छ। यी एप्सहरुमध्ये टिकटक र युसी ब्राउजर बाहेक अन्य सबै एप्स अमेरिकी उत्पादन हुन्।
सामाजिक सन्जालका एप्स जस्तो गेमिङ एप्स भने लामो समय टिकेका छैनन्। तर, मानिसहरु क्यान्डि क्रस सागा, टेम्पल रन जस्ता गेमिङ एप्स पनि पछिल्लो दशकमा धेरैले प्रयोग गरेको पाइएको छ।
हिले भने मोबाइलमा यी बाहेकका पप्जी मोबाइल जस्ता गेमिङ एप्स धेरै डाउनलोड भएका छन् ।
यो सँगै पछिल्लो दशका केही पेमेन्टिङ एप्सहरुको पनि चर्चा भयो। विश्व भरिनै पेटिएम र फोनपे जस्ता बैंकका एप्सहरु पनि मानिसले मन पराएका छन्।