अस्ट्रेलियाका अनुसन्धाताहरूले एउटा स्मार्टफोनलाई पाँच दिनसम्म चार्ज पुग्ने ब्याट्री विकास गरेको दावी गरेका छन्।
उक्त ब्याट्रीको शक्ति एउटा बिजुली कारलाई एक हजार किलोमिटरसम्म चल्न पुग्ने हुने पनि बताइएको छ।
यो प्रविधि व्यापक प्रयोगमा आए, यसले प्रभावकारी र हरित ऊर्जामा ठूलो योगदान दिनेछ।
यस्तो शक्तिशाली ब्याट्री मेलबर्नको मोनास विश्वविद्यालयका टोलीले विकास गरेका हुन्। उनीहरूले यसलाई आजका दिनमा संसारकै प्रभावकारी ब्याट्री दावी गरेका छन्।
अहिले चलिरहेको ब्याट्रीभन्दा यो चार गुणा प्रभावकारी भएको उनीहरूको भनाइ छ। अहिले चल्तीमा भएका अधिकांश ब्याट्री लिथियम आयन हुन्। यो भने लिथियम सल्फर ब्याट्री हो जुन अझै शक्तिशाली मानिन्छ।
लिथियम सल्फर ब्याट्रीको आयु भने लिथियम आयनको तुलनामा कम हुन्छ। यस्ता ब्याट्री प्रायः जहाज र कारमा प्रयोग हुन्छ। पहिले पनि यसको उत्पादन र वितरण हुन खोजेको थियो तर लिथियम आयनलाई विस्थापन गर्न यसले सके।
अनुसन्धाताहरूले अब यसको व्यावसायिक उत्पादन चाँडै गर्ने बताएका छन्। यसको आधिकारिक परीक्षण भने आगामी वर्ष गरिनेछ।
उनीहरूको यो अध्ययनको जर्नल 'साइन्स एड्भान्सेस' मा प्रकाशित छ।
यो अध्ययनका लागि अस्ट्रेलियाली सरकारले अध्ययन टोलीलाई सहयोग गरेको हो।