फोनपेले क्यूआर मार्फत कारोबार गर्दा ग्राहक र व्यापारीका लागि विभिन्न आकर्षक उपहार योजना ल्याएको छ। नयाँ वर्ष २०२० को अवसरमा फोनपेले आकर्षक उपहार, क्यासव्याक, मोबाईल फोन तथा विदेश यात्रा गर्न पाइने योजना ल्याएको हो।
फोनपेका सदस्य बैंक तथा इसेवा मार्फत, नेपालभर रहेका क्युआर मार्फत भुक्तानी गर्ने ग्राहक तथा क्युआर भूक्तानी लिने व्यापारी यस उपहार योजनामा विजेता बन्न सक्नेछन्।
लक्की ड्र मार्फत विजेता सार्बजनिक गरिनेछ। यो उपहार योजना ६ महिनासम्म लागु हुनेछ।
विजेताहरु दैनिक, साप्ताहिक र हरेक महिना घोषणा गरिनेछ। दैनिक ५ जना ग्राहकले एउटा कारोबारको शतप्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन्। हरेक हप्ता १ जना ग्राहक र १ जना व्यापारीले २५ हजार रुपैयाँ बराबरको मोबाईल फोन जित्न सक्नेछन्।
यसैगरी हरेक महिना १ जना ग्राहक र १ जना व्यापारीले दुबई ट्रिप जित्न सक्नेछन्। दुबई ट्रिप जित्ने ग्राहक र व्यापारीले अन्य थप ३ जनालाई पनि दुबर्ई ट्रिपमा लैजान पाउनेछन्।
यस उपहार योजनामा दैनिक ५ जना ग्राहक र व्यापारी गरी कुल १८ सय १० जनाले उपहार पाउनेछन्।
फोनपेका हाल ७५ हजारभन्दा धेरै व्यापारी रहेका छन् भने नेपालभरका ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाका ८० लाख मोबाईल बैंकिङ सदस्य रहेका छन्।