क्वाड क्यामेरा जडान गरिएको मेट ३० प्रो हुवावेको उत्पादन हो। गत महिना मात्र नेपाली बजारमा सार्वजनिक भएको ‘हुवावे मेट ३०प्रो’ फ्ल्यागसिप स्मार्टफोन अन्तर्गत पर्दछ।
यस फोनमा किरिन ९९० एसओसी छ भने ७ एनएम र इयूभी प्रोसेसको प्रयोग भएको छ।
यो स्मार्टफोनले प्रयोगकर्ताहरूका लागि उच्चस्तरको फोटो र भिडियो खिच्न सघाउँछ।
यसमा ४० एमपी सिने क्यामरासहितको उच्चस्तरको क्वाड क्यामरा प्रणाली, ४० एमपी सुपरसेन्सिङ क्यामरा, ८ एमपीको टेलिफोटो क्यामरा तथा थ्रीडी डेप्थ सेन्सिङ क्यामरा जडान गरिएको छ।
यसको फ्रन्ट क्यामरा ३२ एमपीको रहेको छ।
यसमा उत्कृष्ट प्रकारको हार्डवेयर र सफ्टवेयर जडान गरिएको छ। यो फाइभ जि स्मार्टफोन हो।
यसमा ४५ सय एमएएच ब्याट्री जडान गरिएको छ। तार बिना नै यसलाई पावर बैंकबाट फास्ट चार्ज गर्न सकिन्छ।
यसमा लामो समयसम्म टिकाउ हुने सुपर चार्ज र इएमयुआई१० ब्याट्री जडान गरिएको छ।
यसको डिस्प्ले ८८ डिग्री एङ्गलको छ।
यसमा साइड टच, साइड बटमलाई नदेखिने गरी प्रयोग गरिएको छ।
यसमा थ्रीडी फेस अनलक र फिङ्गर प्रिन्ट स्क्रिन प्रयोग गरिएको छ। आइकोनिक रिङ डिजाइनको क्वाड क्यामेरा छ।
यसको अडियो साउण्ड पनि राम्रो छ।
यसको मूल्य भने १ लाख २९ हजार ९ सय रूपैयाँ तोकिएको छ।
डिस्प्लेः ८८ डिग्री एङ्गल
स्टोरेजः ८ जिबी र्याम र २५६ जिबी रोम
ब्याट्रीः ४५ सय एमएएच
ब्याक क्यामेराः ४०/४०/८/३
फ्रन्ट क्यामेराः ३२ मेगापिक्सेल
मूल्यः १ लाख २९ हजार ९ सय रूपैयाँ