स्मार्ट फोन ब्राण्ड रियलमीले आफ्नो रियलमी फाईभ सिरिजअन्तर्गतको नयाँ क्वाड् क्यामेरा फोन ‘रियलमी फाईभ आई’ नेपाली बजारमा भित्राएको छ।
रियलमीले थप राम्रो क्यामेरा, ब्याट्री, डिजाईनको साथमा सुपथ मुल्यमा उक्त फोन बजारमा ल्याएको हो।
५००० एम्.एच् ब्याट्रीको साथमा रियलमी फाईभ आईले सबैभन्दा राम्रो ब्याट्री–लाईफ र ३० दिने स्ट्याण्डबाई प्रदान गर्दछ।
रियलमी फाईभ आईमा ब्याट्रीको सुरक्षा निश्चित गर्नका लागी फायरप्रुफ– प्रोटेक्टिभ–सेपरेशनको पनि निर्माण गरिएको छ।
रियलमी फाईभ आईमा ११ एन्एम् उत्पादन प्रक्रियामा आधारित स्नापड्रागन ६६५ ए.आई.ई रहेको छ। जसले गर्दा २.० गिगा हर्जको क्लक् स्पिडमा कार्यहरु सञ्चालन गर्न सकिन्छ।
साथै, थर्ड जेनेरेसन क्वालकम् एआईले उल्लेखनिय गेमिङ अनुभव र प्रदर्शन प्रदान गर्ने बताइएकाे छ।
सो फोनमा स्लिम बडीमा नयाँ सनराईज डिजाईन प्रयोग गरिएको छ।
ब्याक कभरको ग्रेन्स्हरु जर्मन फाईभ–एक्सिस् प्रेसिजन रेडियम कार्भिङ मेशिनबाट तयार गरिएको छ। रियलमी फाईभ आई दुई भिन्न रङहरु – एक्वा ब्लु र फरेस्ट ग्रिनमा उपलब्ध रहेको छ।
साथै ११९ अल्ट्रा–वाईड एन्गल लेन्स् (८एम्.पी), मेन क्यामेरा १२एम्.पी), पोरट्रेट लेन्स् (२एम्.पी) र अल्ट्रा म्याक्रो लेन्स् (२एम्.पी) को क्वाड क्यामेरा सेटप रहेको छ।
अल्ट्रा–वाईड एन्गल लेन्स्मा नाईटस्केप २.० समावेश गरिएको छ। जसले गर्दा राती वा अध्याँरो स्थानमा वाईडर भ्युको साथमा उत्कृष्ट तस्बिरहरु लिन सकिन्छ।
मेन क्यामेराले ईआईएस् ईफेक्ट प्रयोग गर्छ। यसबाट चलिरहेको अवस्थामा स्थिर भिडियोहरु खिच्न सकिन्छ।
रियलमी फाईभ आईमा प्रयोग भएको सफ्टवेयर, कलरओएस् ६.१ ले रियल प्राईभेसी फङसन, हटस्पट म्यानेजमेन्ट, क्लिनर र सिम्पल्र युआई जस्ता धेरै फिचरहरु छन्।
कलरओएस् ६.१ सँगै उक्त फोनले डार्क मोड एक्टिभेट गर्नसक्छ। यसकारण अध्याँरो स्थानमा फोन चलाउँदा आँखालाई सहज हुने बताइएको छ।
रियलमी फाईभ आईका विभिन्न भेरियन्टहरुको मूल्य निम्नानुसार रहेका छन् – ४+६४ जिबिको २० हजार ९ सय ९०।
रियलमी एक प्रविधि ब्राण्ड हो। रियलमिले विश्वबजारमा उत्कृष्ट डिजाईन र उच्च गुणस्तरको स्मार्टफोनहरु निर्माण गर्दै आईरहेको छ।
हालसम्म रियलमीले कुल ५ वटा स्मार्टफोनहरु भित्राएको छ। जसमा रियलमी ३, रियलमी २ प्रो, रियलमी सि१, रियलमी सि२ र रियलमी ५ रहेको छ।