सामसुङले सामसङ ग्यालेक्सी एसटेन/एसटेनप्लस र नोट टेन/नोट टेनप्लसमा छुटको अफर ल्याएको छ।
एनआईसि एसिया बैंकको डेविट कार्ड/क्रेडिट कार्ड/क्यिुआरबाट खरिद गर्दा उक्त सामसङ ग्यालेक्सीमा १५% वा अधिकतम ३००० हजारसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ।
यो अफर एनआईसि एसिया कार्ड मसिन भएका सामसङका सम्पूर्ण आउटलेटहरुमा फेब्रुअरी २८ सम्म उपलब्ध हुनेछ बताइएको छ। सामसङले बैंकको सेवा लिइरहेका आफ्ना ग्राहकहरुलाई यस अफरले अझ सहज र सुविधा हुने विश्वास लिएको छ।
ती स्मार्टफोनहरु ग्राहकको चाहना पूरा गर्ने उद्देश्यले डिजाइन गरिएको सामसङले बताएको छ।