पछिल्लो समय युवा युवतीदेखि वयष्क उमेर समुहका मानिस आफ्नो शरीर फिटका लागि जिम जाने, योगा गर्ने तथा शारीरिक ब्यायाम गर्ने गर्छन्।
तर जाडो मौसममा यस्ता क्रियाकलाप गर्न अल्छि मान्ने गरिन्छ। त्यसैले फिटनेश मेन्टेन गर्नका लागि थप मोटिभेसनको आवश्यकता पर्दछ।
आजभोलि फिटनेस म्यानेजमेन्टदेखि दैनिक कामहरू व्यवस्थापन गर्न विभिन्न खालका स्मार्टफोन तथा स्मार्टवाचहरू बजारमा आएका छन्।
त्यसमध्ये ह्वावेको पछिल्लो वाच सिरिज– ह्वावे जिटी टु तथा ब्यान्ड फोरका बारेमा यहाँ चर्चा गरिएको छ।
ह्वावे वाच जिटी टु ४६ एमएम र ४२ एमएम सिरिजमा उपलब्ध छन् र ह्वावेको किरिन ए वान चिपसहित लामो समयसम्म टिक्ने ब्याट्री जडित रहेको छ।
किरिन ए वान चिपसेटमा अत्याधुनिक ब्लुटुथ प्रोसेसिङ युनिट, शक्तिशाली अडियो प्रोसेसिङ युनिट, अल्ट्रा–लो पावर कन्जम्पसन एप्लिकेशन प्रोसेसर र पावर म्यानेजमेन्ट युनिट रहेका छन्।
ह्वावे वाच जिटी टु अल इन वान थ्री डी ग्लास स्क्रिन र वाइडर लुक दिने बोर्डरलेस डिजाइनयुक्त भएको ह्वावेको पहिलो स्मार्टवाच हो।
४६ एमएम सिरिजको डायलमा थ्री डी कर्भ ग्लास लुक रहेको छ। ४२ एमएम सिरिजको कर्भ डायल ९.४ एमएमको रहेको छ। फेसनेबल मेटल फ्रेम जडान गरिएको छ।
४६ एमएम सिरिजमा जीपीएस ट्रयाक्ड स्पोर्ट मोडअन्तर्गत ३० घण्टाको ब्याट्री क्षमता छ भने ४२ एमएम सिरिजमा १५ घण्टाको छ।
ह्वावे वाच जिटी टु मा २ हप्तासम्म ब्याट्री टिक्छ जसमा इन्टेलिजेन्ट हार्ट रेट मनिटर, कल नोटिफिकेसन फङ्क्सन, साप्ताहिक रूपमा ३० मिनेटसम्मको ब्लुटुथ कल, ३० मिनेटसम्मको म्युजिक प्लेब्याक, ९० मिनेटसम्मको एक्सरसाइज र रातमा साइन्टफिक स्लिपलगायतका फिचर्स जडान गरिएको छ।
क्लासिक मोडमा ह्वावे वाच जिटी टु ४२ एमएम सिरिजमा एक हप्तासम्म ब्याट्री टिक्दछ।
वाचका दुवै सिरिजमा जिपिएस ट्र्याक्ड स्पोर्टस् मोड जडान गरिएको ब्याट्री क्षमता र १५० मिटरसम्म ब्लुटुथ कल सपोर्ट गर्दछ।
प्रोफेसनल स्पोर्ट्स इन्थुजियास्टका लागि पनि यो स्मार्टवाच निकै उपयोगी रहेको छ। ह्वावे वाच जिटी टु मा ८ आउटडोर स्पोर्टसहित १५ वटा खेलहरू सपोर्ट गर्दछ।
आउटडोर स्पोर्ट्समा रनिङ, वाकिङ, क्लाइम्बिङ, हाइकिङ, ट्रेल रनिङ, साइक्लिङ, ओपन वाटर र ट्रायथलन रहेका छन् भने इनडोर स्पोर्टस्मा वाकिङ, रनिङ, साइक्लिङ, स्वीमिङ पुल, फ्रि ट्रेनिङ, इलिप्टिकल मशिन र रोइङ मशिन जस्ता स्पोर्ट्सलाई सपोर्ट गर्दछ।
ह्वावे वाच जीटी टु को बजार मूल्य २९ हजार ९०० रुपैयाँ तोकिएको छ।
ह्वावे ब्यान्ड फोरमा ठूलो स्क्रिन, अक्सिजन स्याचुरेसन डिटेक्सन, स्मार्ट हार्ट मनिटरिङ, साइन्टफिक स्लिप मनिटरिङ र ९ डेली इन्डोर तथा आउटडोर स्पोर्ट्स मोड सपोर्ट गर्दछ।
एक्सरसाइज मोड एक्टिभेट गर्दा प्रयोगकर्ताहरूले सजिलै एक्सरसाइज डाटा रेकर्ड र सिन्क्रोनाइज गरी हेर्न वा सेयर गर्न सक्छन्।
ह्वावे ब्यान्ड फोर हलुका गुलाफी रंग, पहेँलो रंग तथा कालो रंगमा उपलब्ध छन् । नेपाली बजारमा यसको मूल्य ४ हजार ४ सय रुपैयाँ तोकिएको छ।
ह्वावेका दुवै स्मार्टफोनहरूले मानिसलाई स्वस्थकर जीवन बिताउन सघाउँछ।