नेपाल दूसञ्चार प्राधिकरणले सिजी कम्युनिकेशन प्रालिको लिमिटेड मोविलिटी सेवाको लाइसेन्स खारेज गरेको छ।
प्राधिकरणले सार्वजनकि सूचना जारी गर्दै सिजी टेलिकमको नाममा रहेको लिमिटेड मोविलिटी सेवाको अनुमतिपत्र खारेज भएको जानकारी गराएको छ।
प्राधिकरणले सिजीले अनुमतिपत्र नविकरण नगरेकाले कानूनअनुसार खारेज गरिएको जानकारी दिएको छ।
चौधरी ग्रुपको स्वामित्वमा रहेको यो टेलिकमले सुरुमा ४० जिल्लाका लागि लिमिटेड सेवा सञ्चालनका लागि अनुमति लिएको थियो।
यसमध्ये बाँकी रहेका सात जिल्लाको लाइसेन्स आज खारेज भएको हो।
तर कम्पनीको नाममा भएको ग्रामिण दूरसञ्चारको लाइसेन्स भने यथावत नै रहेको छ।
सिजीलाई सरकारले युनिफाइड लाइसेन्स दिने निर्णय गरेपनि नेपाल दूरसञ्चार प्राधिकरणले प्रक्रिया नपुगेको भन्दै फेरि सरकारलाई फाइल पठाएको छ।
प्राधिकरणले नेपाल सरकारको निर्णयअनुसार राजपत्रमा सूचना प्रकाशित नभएसम्म लाइसेन्स दिन नसकिने बताउँदै आएको छ।
*शिर्षक सच्याइएको