भ्यालेन्टाइन डे नजिकिँदै छ। विदेशी पर्व भएता पनि विशेषगरी यूवावर्ग माझ भ्यालेन्टाइन डे,निकैलोकप्रिय छ। आफ्ना मन मिल्ने मानिसलाई उपहार दिँदै मनका भावना प्रस्तुत गर्ने दिनका रुपमा यसको विशेष महत्व छ।
साथी भाई, आमा–बुबा, प्रेमी–प्रेमिका लगायतले यस दिनमा उपहार आदानप्रदान गरी आफ्ना प्रेमिल भावनाब्यक्त गर्ने चलन रहँदै आएको छ।
उपहारका रूपमा बजारमा धेरै सामान पाइन्छ। यस बीचमा पछिल्लो समय मोबाइल फोन पनि देखिएको छ।
ओपोको उत्पादन ४८एमपी क्वाड क्यामेरा रहेको ओपो एनाइन २०२० को फिचर्सका बारेमा चर्चा गरिएको छ। ओपो एनाइन २०२० विशेष यूवावर्ग लक्षितफोन हो।
ओपो एनाइन २०२० का मूख्य फिचर्स
अत्याधुनिक क्यामेरा प्रविधि
ओपो एनाइन २०२०मा बहुउपयोगी क्वाड क्यामेरा सेटअप, ४८एमपी मुख्य क्यामेरा + ८एमपी अल्ट्रा(वाइड लेन्स + २एमपी मोनो लेन्स + २ एमपी पोट्रेट लेन्स जडान गरिएको छ।
अल्ट्रा नाइट मोड २.० जडान गरिएको यस स्मार्टफोनबाट छोटा भिडियो क्लिपका लागि बटन क्लिक गरेकै भरमा आकर्षक कन्टेन्ट बनाउन सकिन्छ।
आकर्षक र प्रयोगमैत्री ईन्टेलिजेन्ट डिजाइन
ओपो एनाइन २०२०मा आकर्षक लुक्स ३१.४ प्रतिशतले कम क्षेत्रफल ओगट्ने नयाँ कम्प्याक्ट वाटरड्रप स्क्रिनको प्रयोग गरिएको छ। यसमा रहेको ६.५ ईञ्चको फुल स्क्रिनमा ८९% स्क्रिन टू बडी रेसियाका साथमा कोर्निङ गोरिल्लाग्लास सहित थ्रीडी ग्राडियण्ट डिजाएनको प्रयोग गरिएको छ।
यसमा रहेको सनलाइट स्क्रिनले स्क्रिन प्रत्यक्ष सुर्यको प्रकासमा समेत रिडेबिलिटी बढाउनुका साथै कम वा अत्यधिक प्रकास भएका स्थानमा समेत उत्कृष्ट रंग फाल्ने क्षमता राख्छ।
साथै यसमा रहेको ब्ल्यू लाइट फिल्टरले प्रयोगकर्ताको आँखालाई सुरक्षा समेत प्रदान गर्छ।
हार्डवेयर र सफ्टवेयरको समायोजन
१९ घण्टा लगातार प्रयोग गर्न सकिने गरी ५ हजार एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ।
अडियोका लागि डुअल स्पिकर जडान गरिएका छन्। यसमा ८ कोर ६४ बिट प्रोसेसरका साथमा क्वालकम स्न्यापड्रागन ६६५ प्ल्याटफर्म दिइएको छ।
सुदृढ गेमिङ अनुभव र पर्याप्त सञ्चय क्षमता
विशेषगरी गेमिङ अनुभवको कुरा गर्दा फोनमा दिइएको गेम बुस्ट २.० एक्सिलिरेटर प्रविधिले सुदृढ फ्रेम बुस्ट र टच बुस्ट दिन्छ। यसले गर्दा प्रयोगकर्ताले लाइटनिङ फास्ट गेम प्ले रेस्पोन्स पाउँछन्।
फोनमा एण्ड्रोइड ९.०मा आधारित कलरओएस ६को प्रयोग गरिएको छ। यसले ताजा दृष्यानुभुतिदिनुका साथै लामो समयसम्मको निरन्तर प्रयोग गर्दा समेत आरामदायी अनुभवप्रदान गर्छ।
फोनमा फिंगरप्रिन्ट र फेसियल अनलक जस्ता आकर्षक फिचर पनि उपलब्ध छन्।
यस सञ्चालन प्रणालीमा स्मार्ट एसिस्ट्यान्ट, राइडिङ मोड, म्यूजिक पार्टी र गेस्चर न्याभिगेसन जस्ता स्मार्ट फङ्गसन दिइएको छ।
फोनमा १२८जीबी उच्च मेमोरी क्षमता र २ सय ५६ जीबी मेमोरी सपोर्ट गर्ने थ्री(कार्ड (डुअल सिम + माइक्रोएसडी) स्लट पनि उपलब्ध छ।