त्यसो त पुरानो मोबाइल यत्तिकै फाल्नु भन्दा सेकेन्ड ह्यान्डमा बेच्दा फाइदै हुन्छ। यत्तिकै फालिनु भन्दा केही पैसा भएपनि आउछ। त्यसरी सेकेन्ड ह्यान्डमा मोबाइल बेच्न पनि सजिलो छ।
पछिल्लो समय बनेका केही वेबसाइटहरुले एक पटक प्रयोग भएका सामान बेच्न झनै सजिलो बनाइदिएका छन्। त्यसले गर्दा सेकेन्ड मोबाइलको कारोबार पनि राम्रो देखिन्छ।
तपाईले सेच्नु भएको छ, यसरी सेकेन्ड ह्यान्डमा आफ्नो मोबाइल बेच्दा तपाईलाई खतरा पनि हुन सक्छ।
सामान्यतया मानिसहरु सेकेन्ड ह्यान्डमा बेच्दा सिमकार्ड र मेमोरी कार्ड निकालिदिन्छन्। तर, के मोबाइलमा लग इन भएका अन्य आइडीहरु लग आउट गर्नुभएको छ? त्यसरी लगआउट नगरी मोबाइल बेच्दा विभिन्न व्याक्तिगत डाटाहरु अरुको हातमा पुग्न सक्छन्।
आफ्नो मोबाइलमा लगइन भएको सबै सामाजिक संजालहरु फेसबुक, ट्विटर, इन्स्टाग्राम वा ट्विटरका एपहरु पनि लगआउट गर्न विर्षनु हुँदैन। लग आउट मात्रै होइन त्यसपछि मोबाइलको सेटिङमा गएर फ्याक्ट्री रिसेट गर्दा बढी सुरक्षीत मानिन्छ। यसो गर्दा माबाइलमा बाँकी भएका डाटाहरु पनि डिलिट हुन्छन्।
सामाजिक संजालसँग जोडिएको कुरा मात्रै होइन मोबाइलमा अहिले बैंक तथा अन्य अफिसियल कुराहरु पनि जोडिएका हुन्छन्। त्यस्ता व्याक्तिगत विवरण पनि मोबाइलमा बाँकी रहन सक्छ। केही भइहाल्छ कि भन्ने चिन्ताबाट मुक्त हुनको लागि भएपनि फ्याक्ट्रि रिसेट गर्न भुल्नु हुदैन।
मोबाइलको फ्याक्ट्रि रिसेट गर्दा त्यसअघिको डाटा पाइदैन। त्यसैले मोबाइल बेच्नु पूर्वनै सबै डाटाहरु अरु कुनै सुरक्षीत ठाउँमा राख्नुपर्छ। वा मोबाइल ब्याकअपमा राख्नुपर्छ। अत्यान्त महत्वापूर्ण फोटो वा सामाग्री यसरी मोबाइलमा ब्याकअप गर्दा पछि आवस्यक परेको अवस्थामा भेट्न सकिन्छ।
प्राय अहिले सबैको मोबाइलमा जिमेल लगइन हुन्छ। त्यसैले मोबाइल बेच्नु पूर्व जिमेल खाता पनि लगआउट गर्नुपर्छ। त्यस्तै तपाईले अर्काे कुरा याद गर्नुभएको छ, मोबाइलको ब्राउजरमा तपाईको मोबाइलमा सेभ भएका पासवर्डहरु बाँकी हुन सक्छन्। त्यसैले मोबाइलको ब्राउजरको प्रोफाइलमा गएर सेभ पासवर्ड अप्सनबाट त्यसलाई पनि डिलिट गर्नु पर्छ।