नेपाल लाइफको बीमा शुल्क अब इसेवाबाटै भुक्तानीगर्न सकिने भएको छ। अनलाइनमार्फत बीमा शुल्क भुक्तानी गर्न सकिने सेवाको समझदारी भएको छ।
समझदारी पत्रमा इसेवाका प्रमुखकार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्सका सहायक प्रमुखकार्यकारी अधिकृत सन्तोष प्रसाइले बिहीबार हस्ताक्षर गरेका छन्।
कम्पनीले नेपालका विभिन्न भागमा रहेका २ सय वटा शाखा तथा उपशाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ।