ओपोले आफ्नो नयाँ फाइभजी फ्ल्यागशिप फाइन्ड एक्सटू सिरिज सार्वजनिक गर्ने घोषणा गरेको छ। ओपोको यूट्यूब च्यानलमार्फत मार्चको ६ तारिकमा उक्त सिरिज सार्वजनिक हुने भएको हो।
फाइन्ड एक्सटू सिरिजमा ओपोले अहिलेसम्म विकसित गरेकै मध्य अत्याधुनिक स्क्रिनको प्रयोग गरिएको जानकारी दिएको छ।
यो स्क्रिनमा रिजोल्यूशन, स्क्रिन रिफ्रेश रेट, रङ र हाई डाइनामिक रेञ्जमा विशेष प्राथमिकता दिइएको कम्पनीले बताएको छ।
फाइन्ड एक्सटू प्रोमा अनुकूलित फ्ल्यागशिप ईमेज सेन्सर जडान गरिएको छ भने अत्याधुनिक फोटोग्राफी प्रविधिहरुको प्रयोग गरिएको छ।
याे सिरिजले एसए/एनएसए डुअल–मोड्यूल नेटवर्क सपोर्ट गर्ने, क्वालकमको फाइभजी फ्ल्यागशिप चिप स्न्यापड्रायगन ८६५को प्रयोग गरिएको कम्पनीको दाबी छ ।