नेपालको आधिकारीक बिक्रेता प्राइड इम्पोर्ट एक्सपोर्ट ट्रेड प्रालीले आईभोमीका चार वटा नयाँ ब्रान्डको मोबाइल नेपाली बजारमा ल्याएको छ।
शुक्रबार कम्पनीले चारवटा नयाँ ब्रान्डको मोबाइल सार्वजनिक गरेको हो। हालसम्म आईभोमीले ८ वटा मोडल बजारमा उपलब्ध गराएको छ।
कम्पनीले आईभी १०१, आई १, आई १ एस र आई २ मोडलको मोबाइल सार्वजनिक गरेको हो। मोबाइलको एक हजारदेखि १७ सयसम्म मूल्य रहेको छ।
बजारमा आएका नयाँ मोडलको मोबाइलमा नयाँ प्याकिगं को साथमा २ मिटर लामो चार्जिगं तारको साथसाथै प्रत्येक मोडलमा केही न केही नयाँ कुरा राखेको कम्पनीको दावी छ।
बलियो डिलर नेटवर्क र स्मार्टसेल्स टिमले गर्दा अब केही महिनामै आईभोमीले नेपालमा राम्रो स्थान ओगट्ने कुरामा कम्पनी विश्वस्त रहेको नेपालका लागि कन्टी म्यानेजर विनय जोशीले बताए।
कम्पनीले आईभोमी मोबाइल भारत, नेपाल, बंगलादेश, फिलिपिन्स यु एई र केही अफ्रिकी देशहरुमा आफ्नो व्यापार सुरु गरिसकेको अध्यक्ष दिनेश श्रेष्ठले बताए।
आईभोमीले चारवर्ष पहिले चीनबाट इलेक्ट्रोनिक्स सामान उत्पादन सुरु गरेको हो। यो ब्रान्डको उद्देश्य धेरै सुविधा भएको गुणस्तरीय सामानहरुलाई सस्तो मुल्यमा बजारमा ल्याउनु रहेको छ।
पत्रकार सम्मलेनमा कम्पनीका नेशनल सेल्स म्यानेजर झविन्द्र भण्डारीले आईभी ब्रान्डले नेपाली बजारमा मोवाइल फोन मात्र नभएर मोबाइल एसोसेरिज मल्टिमिडिया स्पिकर र इलेक्ट्रोनिक्स गाडी चाँडै नै ल्याउने जानकारी दिए।
उनले भने, ‘दीर्घकालीन लक्ष्यहरुको साथमा ब्रान्डलाई अगाडि बढाउनको लागि मुख्य ध्यान सर्भिसमा पनि दिइएको छ। यसको लागि नेपालको विभिन्न स्थानमा २६ सर्भिस सेन्टर छन्।’
कम्पनीको आगामी ६ महिनामा विभिन्न फिचरको १० भन्दा बढी मोडलका मोबाइल बजारमा ल्याउने अपेक्षा गरेको छ।