कोरियन स्मार्टफोन ब्राण्ड सामसङ नेपालले आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी एस २० र एस२० प्लस नेपाली बजारमा ल्याउने भएको छ।
यसमा विश्वमा पहिलो पटक आविष्कार गरिएको क्यामेरा जडान गरिएको छ। जसले उच्चस्तरीय फोटो एवं भिडियो सम्पादन गर्न सहयोग पुर्याउने छ।
यसको फ्ल्यागसिप डिभाइसमा रहेको सेन्सर र प्रविधिले भिडियो र फोटो खिच्न झन् सजिलो बनाएको छ। जसमा पूर्ण रुपमा नयाँ क्यामेरा सिस्टमको प्रयोग गरिएको छ।
उच्चस्तरीय फोटो खिच्नको लागि यसमा ६४ मेगापिक्सलको क्यामरा र सेन्सर राखिएको छ।
त्यस्तै दुबै फोनमा ३०एक्स सम्मको जुम रहेको छ।
यसमा प्रयोगकर्ताले विभिन्न फर्म्याटमा १० सेकेन्डसम्मको भिडियो खिच्न सक्नेछन्। जसले गर्दा उत्कृष्ट स्टाइल छनौट गर्न सहज हुन्छ र पुनःखिच्न आवश्यक हुँदैन। साथै यो स्मार्टफोनबाट ८के भिडियो रेकडिङ्ग सकिन्छ।
प्रि अर्डर सुरूः
याे फाेन बुकिङ गर्न ५ हजार रूपैयाँ एडभान्स दिनुपर्ने छ। ग्यालेक्सी एस२० अग्रिम बुकिङ गरेका ग्राहकहरुले २ हजार ९ सय ९९ सय थप गरी ग्यालेक्सी बड्सप्लस वा ३२ इन्चको सामसङ टिभी ८ हजार ९ सय ९९ सयमा खरिद गर्न सक्नछन्।
त्यस्तै, ग्
साथै अग्रिम बुकिरू गर्ने ग्राहकहरुले लक्की ड्र का मार्फत् टर्कीस एयरलाईन्सको तर्फबाट दुइतर्फी बिजनेस क्लास टिकेट, ग्यालेक्सी वाच एक्टिभ २, केजीएच ग्रुपको वाटरफ्रन्ट रिसोर्ट वा हिमालयन फ्रन्ट होटेलमा दुई रात बस्न पाउँनेछन्।
साथै, लेट मिइनको तर्फबाट ५ हजार बराबरको कुपन पाउने कम्पनीले बताएको छ।
ग्यालेक्सी एस२० को मूल्य १ लाख ०७ हजार ४ सय ९९ रहेको छ। यो दुईवटा रंग कस्मिक ग्रे र क्लाउड ब्लुमा उपलब्ध हुनेछ।
एस२० प्लस १ लाख १९ हजार ४ सय ९९ तोकिएको छ। यो तीनवटा रंग कस्मिक ब्ल्याक, कस्मिक ग्रे र क्लाउड ब्लुमा उपलब्ध हुनेछ।
उक्त फोन सोमबार सार्वजनिक हुने कम्पनीले बताएको छ।