कोरोना भाइरस फैलिएपछि चीनमा मोबाइल गेम डाउनलोड बढेको छ। भाइरस संक्रमण फैलिएर घरभित्रै बस्नुपर्ने भएपछि मोबाइल गेमको डाउनलोड एक्कासी बढेको बताइएको छ।
चीनमात्र नभएर संसारभर गेम डाउनलोड बढेको छ। तर डाउनलोडको बृद्धिदर चीनमा धेरै भएको एप एनालिटिक्स सेन्सर टावरले बताएको छ। सेन्सर टावरको तथ्यांकअनुसार फेब्रुअरीमा संसारभर मोबाइल गेम डाउनलोड ३९ प्रतिशतले बढेको छ।
तथ्यांकअनुसार एप्पलको एप स्टोरबाट चीनमा गेम डाउनलोड ६२ प्रतिशतले बढेको छ।
ब्रेन आउट जस्ता पज्जल गेम तथा टेन्सेन्टको ब्याटल गेम अनर किङ्सजस्ता गेम धेरै डाउनलोड भएको मोबाइल एप एनालिटिक्स एप एनिनले जानकारी दिएको छ।
गेम फर पिस, पब्जी, लिनेज २ जस्ता गेमको डाउनलोड दक्षिण कोरियामा बढेको छ।