ओपोले आफ्नो नयाँ फ्ल्यागशिप फाइन्ड एक्सटू सिरिज चीनमा सार्वजनिक गरेको छ। उक्त सिरिजअन्तर्गत फाइन्ड एक्सटू, फाइन्ड एक्सटू प्रो र फाइन्ड एक्सटू अटोमोबिल लाम्बोर्गिनी एडिसन सार्वजनिक गरेको हो।
साथै, ओपो फाइभजी ओम्नी र फ्ल्यागशिप फाइभजी सीपीई उत्पादनहरु पनि सार्वजनिक गरेको कम्पनीले बताएको छ।
फाइन्ड एक्सटू सिरिजमा थ्रीके क्यूएचडी प्लस रिजोल्यूशन, एक सय २० एचजेड अल्ट्रा हाई रिफ्रेश रेट र दुई सय ४० एचजेड टच स्याम्प्लिङ रेट सपोर्ट गर्छ। यसमा क्वालकम स्न्यापड्रायगन ८६५ रहेको कम्पनीले बताएको छ।