सामसङ इलेक्ट्रोनिक्सले ‘ए’ सिरिज अन्तर्गत ग्यालेक्सी ए७१ र ए५१ नेपाली बजारमा सार्वजनिक गरेको छ।
यी फोनमा ब्याट्री, उत्कृष्ट फोटो खिच्ने क्यामरा तथा इन्फिनिटी–ओ डिस्प्ललगायत विशेषता छन्।
ए७१ र ए५१ ग्यालेक्सीमा मेन क्यामरा, अल्ट्रा वाइड, माइक्रो तथा डेप्थ क्यामराहरु छन्।
ग्यालेक्सी ए७१ मा ६४ मेगापिक्सल तथा ग्यालेक्सी ए५१ मा द्धड मेगापिक्सलको क्यामरा जडान गरिएको छ। यसमा भएको अल्ट्रा वाइड क्यामरामा १२३ डिग्रीको एङ्गल लेन्स राखिएको छ।
ती मोबाइलमा सुपर स्डेडी भिडियोको सुविधा पनि छ।
जसले दौडिदा, हाइकिङमा वा घरपालुवा जनावरसँग खेल्दाको अवस्थमा पनि नहल्लिएको भिडियो खिच्न सकिने कम्पनीले बताएको छ। उक्त फोनमा ६.७ इन्च तथा ६.५ इन्चको स्क्रिन जडान गरिएको छ। यो सासमसङको हालसम्मकै ठूलो स्क्रिन हो।
ए७१ र ए५१ मा क्रमशः ४५ सय एमएएच तथा ४ हजार एमएएचको ब्याट्रि जडान गरिएको छ। यससँगै २५ वाट तथा १५ वाटको फास्ट चार्जिङ सुविधा छ।
यी फोन प्रिज्म क्रस ब्ल्याक, ह्वाइट र ब्लु रङमा उपलब्ध छ। यो फोन उपभोक्ताले बिहीबारबाट किन्न सक्नेछन्। मूल्य क्रमशः ए७१ ४९ हजार ९ सय ९९ र ए५१ ३८ हजार ३ सय ९९ तोकिएको छ।