ओपोले नयाँ फ्ल्यागशिप मोडलअन्तर्गत ओपो एफ१५ स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ।
कम्पनीले सामाजिक सञ्जालका पेजमार्फत नयाँ उत्पादन सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी दिएको छ।
ओपोले प्रस्तुत गरेको उत्पादनहरुमध्य सफल एफसिरिज कम्पनीले नेपालमा पहिलोपटक सन् २०१६मा सार्वजनिक गरेको थियो।
कम्पनीले उक्त फोन सार्वजनिक गर्ने मितिबारे भने जानकारी गराएको छैन। यससँगै विशेषता पनि उल्लेख गरेको छैन।